खोटाङ । चक्र–अन्जु राई फाउण्डेसनको अध्यक्षमा पुनः लिलाबहादुर खत्री चयन छन्। खत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो। यसअघि पनि फाउण्डेसनको अध्यक्षमा खत्री नै थिए।
फाउण्डेसनको उपाध्यक्षमा सुर्य बहादुर थापा, सचिवमा शिवबहादुर थापा, सह–सचिवमा डम्बर कुमार पाण्डे, कोषाध्यक्षमा अस्मिता खत्री चयन भएका छन्। सदस्यहरुमा तेजकुमार राई, इन्दु राई, मीना कार्की, पूर्ण बहादुर खत्री, भीमकला खत्री र रुद्र कुमार राई रहेका छन्।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङकी पुर्व उपप्रमुख गोमा दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष महेन्द्र कुमार राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, कार्यपालिका सदस्य मिना स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रतिनिधि, वडा सदस्य रेखा रम्तेल, नेपाल पत्रकार महासंघ खोटाङका सह सचिव चिसाङ शेर्पा लगायतकाे उपस्थिति रहेको थियो ।