महिला फुटबल प्रतियोगितामा हलेसी महादेवस्थान बिजेता

महिला फुटबल प्रतियोगितामा हलेसी महादेवस्थान बिजेता

रोदिक खबर

१०, मंसिर २०८१
  • 2.2K
    SHARES
  • महिला फुटबल प्रतियोगितामा हलेसी महादेवस्थान  बिजेता

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगीतामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान विजेता बनेको छ ।

    मंसिर १० गते भएको फाइनल खेलमा ओखलढुंगाको पद्मा स्पोर्टस क्लवलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै महादेवस्थान विजेता बनेको हो ।

    पेनाल्टीसुटआउटमा पद्मा स्पोर्टस क्लवले २ गोल गर्दा महादेवस्थानले ३ गोल गरेको थियो । निर्धारित समयमा दुबै टिम गोल गर्न असफल भएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

    सर्वाधिक राशीको प्रतियोगीतामा खोटाङको जन्तेढुंगा गाउँपालिका र भोजपुर सेमिफाइनलिष्ट बनेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले बताए ।

    प्रतियोगीताका विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेता टिमले ५५ हजार ५५५ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

    यस्तै, सेमिफाइनलिस्ट टिमलाई छुट्टाछुट्टै नगद २२ हजार २२२ सहित प्रमाण–पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

    निर्णायक बिरेन गुरुङका अनुसार प्रतियोगीतामा महादेवस्थानकी प्रतिक्षा ठकुरी सर्बोत्कृष्ट खेलाडी घोषित भएकी छन् । ठकुरीलाई १ हजार ५५५ रुपैयाँ प्रदान गरिएको छ ।

    यस्तै, बेष्ट डिफेन्डर महादेवस्थानकी वर्षा ओली, बेष्टमिडफिल्डर ओखलढुंगाकी खुस्मा राई, बेष्टगोलकिपर महादेवस्थानकी सुजता तामाङ, हाइस्कोरर ओखलढुंगाकी सुक्रिया मियाँ र बेष्टचोक बनेका महादेवस्थानका लोकेन्द्र केसीले जनही १ हजार १११ रुपैयाँ पाएका छन् ।

    विजेता खेलाडीलाई प्रमुख अतिथिका रुपमा कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके), हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेश राउत लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले खुला महिला फुटबल प्रतियोगीता आयोजना गरेको हो ।

    ‘मेरो गोल लैङ्गिक हिंसा विरूद्धको बोल’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगीतामा १७ टिमको सहभागीता रहेको थियो ।

    बसाहथानस्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगीता मंसिर ८ गते कोशी प्रदेशका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका थिए ।

    प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २०:११:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको