खोटेहाङ गाउँपालिकामा वडा–वडामा पुगेर योजना सम्झौता

खोटेहाङ गाउँपालिकामा वडा–वडामा पुगेर योजना सम्झौता

रोदिक खबर

१९, मंसिर २०८१
  • 2.4K
    SHARES
  • खोटेहाङ गाउँपालिकामा वडा–वडामा पुगेर योजना सम्झौता

    खोटाङको खोटेहाङ गाउँपालिकाले फिल्डमै पुगेर धमाधम योजना सम्झौता गर्न थालेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत भएका वडास्तरीय, पालिकास्तरीय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौतासँगै अभिमुखीकरण कार्यक्रम गर्न थालेको हो । मंसिर १८ गतेदेखि सुरु भएको सम्झौता अभियान अन्तर्गत पहिलो दिन वाप्लुखामा चारवटा योजनाको सम्झौता, बैक खाता खोल्ने र आठजना व्यक्तिसँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौतासँगै बैंक खाता खोलिएको छ।

    लिकुवापोखरीमा छ वटा योजनाको सम्झौता, बैंक खाता खोल्ने र सात जनासँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौतासँगै बैंक खाता खोलिएको छ । अभियानको दोश्रो दिन मंसिर १९ गते सावाकटहरेमा तीनवटा योजनाको सम्झौतासँगै बैंक खाता खोल्ने र छ जनासँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौतासँगै बैंक खाता खोल्ने काम सकिएको छ।

    वडा–वडामा योजना सम्झौताका लागि गाउँपालिका अध्यक्ष उदिम बहादुर राईको नेतृत्वमा उपाध्यक्ष एवंम् अनुगमन समिति संयोजक रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राईसहित योजना शाखाका कर्मचारी, प्राविधिक, रोजगार संयोजक, राष्ट्रिय वाणिज्य बैंक खोटाङबजारका कर्मचारी फिल्डमा खटेका छन्।

    स्वीकृत भएका योजना सम्झौता गर्न गाउँपालिकासम्म आउनुपर्दा सम्बन्धित उपभोक्ता समिति र व्यक्तिको अधिक खर्च हुने तथा समय समेत खेर जाने भएकाले वडामै पुगेर जनतालाई सेवा दिईएको गाउँपालिका उपाध्यक्ष एवंम् अनुगमन समिति संयोजक राईले बताए।

    राईका अनुसार मंसिर १९ गते बड्कादियाले, मंसिर २० गते चिप्रिङ र इन्द्रेणीपोखरी, मंसिर २१ गते खोटाङबजार र सिमपानी तथा मंसिर २२ गते लिच्कीराम्चेमा योजना तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौतासँगै बैंक खाता खोलिनेछ।

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - २१:१९:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको