काठमाडौंमा दिरुमनपाको शैक्षिक सुझाव संकलन

काठमाडौंमा दिरुमनपाको शैक्षिक सुझाव संकलन

रोदिक खबर

७, पौष २०८१
  • 2.2K
    SHARES
  • काठमाडौंमा दिरुमनपाको शैक्षिक सुझाव संकलन

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी शैक्षिक–सत्रलाई शैक्षिक जागरण वर्षको रूपमा मनाउने तयारी थालेको छ । शैक्षिक जागरण वर्षको  पूर्व तयारीमा नगरपालिकाले काठमाडौंमा पुगेर शैक्षिक क्षेत्रमा कार्यरत विज्ञहरुबाट सुझाव संकलन गरेको छ ।
    शैक्षिक जागरण वर्षलाई थप प्रभावकारी बनाउन पुस ६ गते नयाँ बानेश्वरमा शैक्षिक सुझाव अभियान कार्यक्रम गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । शैक्षिक जागरण वर्षको खाकालाई परिस्कृत र फलदायी बनाउन विज्ञहरुको सुझाव संकलन गरिएको नगरपालिकाले जनाएको छ ।
    नगरको शैक्षिक सुझाव अभियान कार्यक्रममा मावधप्रसाद अधिकारी, डा. तोयानाथ खनाल, डा. बिष्णु राई, डा. धनप्रसाद सुबेदी, जयकुमार राई, डा. राजकुमार राई, कुमारीकमला राई लगायतको सहभागीता रहेको थियो ।

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ०७:२३:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको