नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा तामाङ

नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा तामाङ

रोदिक खबर

१४, पौष २०८१
  • 3.4K
    SHARES
  • नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा तामाङ

    खोटाङ । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता संगठन नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

    युनियनको शनिबार जिल्ला समन्वय समिति दिक्तेल खोटाङको सभा हलमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनले तामाङको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो।

    समितिको खुल्ला उपाध्यक्षमा चिरञ्जीवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन बास्तोला, सहसचिवमा गिरिराज राना मगर र कोषाध्यक्षमा नवराज कटुवाल चयन भएका छन्।

    यस्तै, सदस्यहरूमा डिल्लि प्रसाद ढकाल, खगेश्वर वञ्जरा, भोजराज आचार्य, महेश मिश्र, कल्पना शर्मा, समिक्षा आचार्य, सुवास राई, सन्तोष दाहाल र किरण राई चयन भएका छन् ।

    यस्तै, केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि महिलामा सर्वसम्मत भएपनि खुल्लामा सर्वसम्मत हुन नसकेपछि निर्वाचन मार्फत महाधिवेशन प्रतिनिधिहरू चयन गरिएको छ।

    जसमा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा जानुका श्रेष्ठ, प्रकाश घिमिरे, रमेश पोखरेल, खेमराज आचार्य र रामकुमार राई चयन भएका छन् भने प्रदेश महाधिवेशन प्रतिनिधिमा चन्द्रमाया राई, योगेश श्रेष्ठ, रविन कुमार फुयाल, विवेक पराजुली र नवराज रिजाल चयन भएका छन् ।

    नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने युनियनले जनाएको छ।

    नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव सन्तराज राईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको युनियनले जनाएको छ।

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - ०७:२२:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको