हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

रोदिक खबर

२३, पौष २०८१
  • 1.7K
    SHARES
  • हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

    खोटाङ, पुस २३ गते । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो ।

    प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्”, उहाँले भन्नुभयो, “खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् ।

    बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो ।” नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ सल्लेमा एक तथा वडा नं ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ ।

    गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (रु ४१ हजार चार सय) मा ट्रयाक्टर पाएपछि हर्षित भएका छन् । कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम) मा अनुदानसमेत उपलब्ध गराएको छ ।

    धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ११:५४:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको