शुक्रवार, भाद्र २६ गते २०८३

मोडल टुरिजम एम्बेष्टर वर्ल्ड-२०२५’ मा राउतले नेपालको प्रतिनिधित्व गर्ने

मोडल टुरिजम एम्बेष्टर वर्ल्ड-२०२५’ मा राउतले नेपालको प्रतिनिधित्व गर्ने

रोदिक खबर

७, माघ २०८१
  • 1.8K
    SHARES
  • मोडल टुरिजम एम्बेष्टर वर्ल्ड-२०२५’ मा राउतले नेपालको प्रतिनिधित्व गर्ने

    'नेपालमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड-२०२५’ मा नेपालको तर्फबाट सम्भव राउत क्षेत्रीले प्रतिनिधित्व गर्ने भएका छन् ।

    १७ देखि १९ वर्षको उमेर समूह 'इ' मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने क्षेत्री सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ रुङ्गाका हुन्।

    आगामी अप्रिल ५ देखि १२ सम्म आयोजना हुने सो प्रतिस्पर्धामा दर्जन भन्दा बढी देशका प्रतियोगीहरुको सहभागीता रहने जनाईएको छ।

    ४ वर्षदेखि ५० वर्ष माथिका उमेर समूहका व्यक्तिको सहभागीता रहने कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा प्रतिस्पर्धा गराइनेछ ।

    ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड-२०२५’ अन्तरगत फेसन शो, फोटो सुट, र्याफ्टिङ, पशुपतिनाथ मन्दिर भ्रमण गराउने कार्यक्रम राखिएको छ ।

    अप्रिल ११ मा ग्राण्ड फिनाले हुने आयोजक फेसन एराले जनाएको छ । समूहगत विजेताले आगामी जुलाईमा थाइल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी बन्ने मौका प्राप्त गर्नेछन् ।

    क्षेत्री मिस्टर टिन ईन्टरनेसनल नेपालको फाईनल राउण्डमा समेत प्रवेश गरेका छन् ।

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - १७:३३:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको