बिहिवार, कार्तिक १३ गते २०८३

वराहपोखरी गाउँपालिकामा बन्यो सुविधा सम्पन्न प्रशासनिक भवन

वराहपोखरी गाउँपालिकामा बन्यो सुविधा सम्पन्न प्रशासनिक भवन

रोदिक खबर

९, माघ २०८१
  • 2.7K
    SHARES
  • वराहपोखरी गाउँपालिकामा बन्यो सुविधा सम्पन्न प्रशासनिक भवन

    खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। गाउँपालिकाको केन्द्र बाघखोर भन्ज्याङमा सुविधा सम्पन्न भवन निर्माण भएको हो। ६ करोड १० लाखमा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाण्डौले भवन निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशाासकीय अधिकृत दिलकुमार अधिकारीले जानकारी दिए।

    अधिकारीका अनुसार गाउँपालिकाको ५५ प्रतिशत र संघीय सरकारको ४५ प्रतिशत लगानीमा भवन तयार भएको हो। संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाईएको हो।

    ४२६.२ वर्ग मिटरमा बनेको चारतले भवनको भुईतला र पहिलो तलामा ६र६ कोठा, दोश्रो तलामा ७ कोठा र तेश्रो९टप०तलामा सभाहलसहित तीन कोठा रहेको गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीले बताए। कार्कीका अनुसार सबै तलामा महिला पुरुषको छुट्टा छुट्टै शौचालय छन्।

    आर्थिक वर्ष २०७७/०७८ मा टेण्डर आव्हान भई २०७८ कार्तिक ७ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भई काम सुरु गरिएको थियो। निर्माण सम्पन्न भवनको कोशी प्रदेश भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले माघ ११ गते उदघाटन गर्ने कार्यक्रम तय भएको वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताए।

    प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १७:५०:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको