शुक्रवार, भाद्र २६ गते २०८३

नमस्ते ढोग दिया’ लाई तीन हप्तामा चौसट्ठी लाख बढि भ्युज

नमस्ते ढोग दिया’ लाई तीन हप्तामा चौसट्ठी लाख बढि भ्युज

रोदिक खबर

१३, माघ २०८१
  • 7.0K
    SHARES
  • नमस्ते ढोग दिया’ लाई तीन हप्तामा चौसट्ठी लाख  बढि भ्युज

    गायक खेम सेन्चुरी र गायिका कविता खत्रीको स्वरमा रहेको गीत ‘नमस्ते ढोग दिया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएदेखि नै निकै चर्चामा छ ।

    कविता खत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत तीन हप्तामै ६४ लाख पटक हेरिएको छ । गीतको शब्द र संगीत रमेश परियार, संगीत संयोजन विश्वास नेपालको रहेको छ ।

    रूपी सिन्जाली, ज्ञानु परियार, रमेश परियार र राजु सुनामले कोरश भोकल थपेको यस गीतले छोटो समयमा नै राम्रो भ्युज पाउँदा आफुहरुलाई निकै हौसला मिलेको गायिका कविता खत्रीले बताइन् ।

    अशोक विश्वकर्माको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा पुष्प खड्का र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ ।

    ग्रामीण परिवेशमा आधारित कथा प्रस्तुत गरिएको ‘नमस्ते ढोकदिया’ ले नेपाली लोकसंगीत र परम्परालाई सम्मान गर्दै नयाँ पुस्तासम्म पु¥याउने प्रयास गरेको छ ।

    ग्रामीण जीवनशैली, परम्परागत भेषभूषा, र सामाजिक सम्बन्धको महत्वलाई उजागर गरेको गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा प्रशंसा पाएपछि आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १५:१८:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको