प्रेस चौतारी नेपाल खोटाङले जिल्लाका तीन पत्रकारलाई सम्मान गरेको छ ।
प्रेस चौतारीले छैटौं जिल्ला अधिवेशनका अवसरमा खोटाङ जिल्लालाई कर्मथलो बनाएर पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार दिलीप खत्री, दमन राई र केदार मगरलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो।
सम्मानित खत्री र राई नेपाल पत्रकार महासङ्घ खाेटाङका पूर्वअध्यक्ष हुन भने मगर नेपाल पत्रकार महासङ्घ प्रदेश परिषद सदस्य हुन् ।
सम्मानित व्यक्तित्वहरुलाई अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य बिशाल भट्टराईले प्रदान गरेका थिए ।
यस्तै, प्रेस चौतारीले कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पीके) लाई पनि दोसल्ला ओढाएर सम्मानपत्रसहित बधाई दिएको छ।
खोटाङ प्रदेश ´क` बाट निर्वाचित सांसद राईलाई चौतारीको छैटौं जिल्ला अधिवेशनमा सम्मान गरेको प्रेस चौतारी नेपाल खोटाङका उपाध्यक्ष राजन ठटालले जानकारी दिए ।