समाजमा अराजकताको भीडले सिमा नाघ्यो : विशाल भट्टराई

समाजमा अराजकताको भीडले सिमा नाघ्यो : विशाल भट्टराई

रोदिक खबर

१३, माघ २०८१
  • 3.0K
    SHARES
  • समाजमा अराजकताको भीडले सिमा नाघ्यो  :  विशाल भट्टराई

    खोटाङ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले वर्तमान नेपाली समाजमा अराजकताको भीडले सिमा नाघ्न लागेको बताएका छन् ।

    प्रेस चौतारी नेपाल खोटाङको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले वर्तमान नेपाली समाजमा नकारात्मकताको खेती गर्नेहरुको जमात बढेको बताएका हुन् ।

    “लोकतन्त्र भनेको छाडातन्त्र होइन । लोकतन्त्रमा जसले जे पायो त्यही बोल्ने अधिकार कसैलाई पनि छैन उनले भने, “अराजकता मच्याउने धेरैजसोको प्रोफायलसमेत लक हुन्छ । यसलाई बेलैमा नियमन गर्न आवश्यक छ ।यसप्रति सरकारको ध्यान जान जरुरी छ ।”

    नेता भट्टराईले जनताका अधिकार कटौती नहुनेगरी संविधान संशोधन हुने बताए । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र लोकतन्त्रालाई खतरामा पार्नेगरी संविधान संशोधन गर्न लागेको भन्दै केही समूहले कुप्रचार गरिरहेको आरोप लगाउदै उनले अब गरिने संविधान संशोधनमा जनताको कुनै पनि अधिकार कटौती नहुने जिकिर गरे ।

    जनताले जसलाई बढी अधिकारी दिएको छ, उसैले सरकारको नेतृत्व गर्ने हो”, उनले भने, “अहिले दुई/चार सिट सांसद पाएका दलहरुले पनि प्रधानमन्त्री तथा मन्त्रीको लागि बार्गेनिङ गर्ने प्रचलन बढेकोले नेपाली जनताहरुलाई नेपालमा केही हुँदैन भनेर निराशा नहुन पनि नेता भट्टराईले आग्रह गरे ।

    अहिले मूलधारको मिडियाभन्दा सोसल मिडिया हावी भएको बताउदै नेता भट्टराईले सोसल मिडियाका कारण समाजले सही सूचना पाउँन नसकेको उल्लेख गर्दै पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष भएर कमल चलाउन आग्रह गरे । “पैसाले समाचारको प्रथमिकता पाउनु हुँदैन ।

    प्रेस चौतारीका साथीहरुले आफ्नै पार्टीका एमालेका नेताहरुको गलत क्रियाकलापलाई समेत बाहिर ल्याउनुपर्छ”, उनले भने, “कसैको प्रभाव, दबाब र आश्वसनमा परेर पत्रकारिता गर्नुहुँदैन । यसले पत्रकारितामाथिको विश्वसनीयता घट्छ ।

    सम्बोधनकै क्रममा अर्को प्रशङ्गलाई प्रस्ट्याउदै नेता भट्टराईले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा बाढीले बगाएको पुलले नेपाललाई पाठ सिकाएको बताए । “फोक्सिङटारमा आर्क डिजाइनको पुल निर्माण गरिएको थियो । त्यो प्राविधिक कारणले भत्किएको होइन ।

    धेरै मान्छेहरुले प्राविधिक त्रुटिका कारण बाढीले बगाएको भनेका छन्”, उनले भने, “धेरैले त्यसमा मेरो नाम पनि जोडेका छन् । मेरो नाम जोड्नेहरुलाई पुष्टि गर्न चुनौति दिन्छु ।

    वास्तविक घटना भनेको आर्क डिजाइनको पुल नेपालमा सम्भव नहुने रहेछ । फोक्सिङटारबाट नेपाल सरकारले पाठ सिक्नुपर्ने हुन्छ । अब बन्ने पुलहरु त्यो डिजाइन सम्भव छैन ।”

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १९:३४:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको