नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य

नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य

रोदिक खबर

१६, माघ २०८१
  • 3.8K
    SHARES
  • नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य

    खोटाङ । नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन्। संगठनको १२औं जिल्ला अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसहमत चयन भएका हुन्।

    जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न भएको अधिवेशनले समितिको उपाध्यक्षमा विनोद राई र दीक्षिका शाक्य, सचिवमा गणेशप्रसाद आचार्य, उपसचिवमा सुवाश राई र कोषाध्यक्षमा अगमसिंह बिक निर्वाचित भएका छन्।

    यस्तै सदस्यहरूमा सुशीला आचार्य, उषाकला राई, सिर्जना लुइटेल, बबिता आचार्य (ढकाल) शङ्कर घर्तीमगर, हरिहर दाहाल, राजन प्रसाद दुलाल, राजु बस्नेत, मनोज बस्नेत, सुनिल दाहाल, अर्जुन ढकाल, दिनेश बस्नेत र रोशन श्रेष्ठ चयन भएका छन् ।

    यस्तै, केन्द्रीय प्रतिनिधिमा पवन पोखरेल, रेखा राई, सुशीला घिमिरे र सीताराम खतिवडा चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा राजकुमार राई, जीवन आचार्य, मुरारी सिग्देल र राजन बस्नेत चयन भएका छन् ।

    यस्तै, गणेश खड्काको संयोजकत्वमा पाँच सदस्यीय लेखा परीक्षण आयोग पनि गठन गरेको छ । सदस्यहरूमा गोपाल खड्का, भूपराज कटवाल, शान्ता बिक र मित्रप्रसाद आचार्य रहेका छन् ।

    प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - २२:२२:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको