खोटाङ १८ माघ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास/ स्वाथ्य मन्त्री भूपेन्द्र राईले जिल्ला अस्पताल खोटाङको अनुगमन गरेका छन् ।
कोशी प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालहरुलाई ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन निर्देशन दिएपछि शुक्रबार नागरिकले पाउने सेवा कार्यान्वय भए नभएको मन्त्री राईले अनुगमन गरेका हुन् ।
कोशी प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालहरुलाई ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएपछि अहिले सोही अनुसार जिल्ला अस्पताल खोटाङले सेवा प्रदान गर्न थालेको छ ।
सेवा समय थप भएपछि नागरिकलाई सहज भएको छ । टिकट लिने र ओपडी सेवा समय थप भएपछि नागरिकलाई सहज भएको हो ।
प्रदेशको निर्णय अनुसार अहिले अस्पतालमा बिहान ९ बजेदेखि ३ बजेसम्म टिकट काट्ने समय रहेको छ । यसअघि ९ः३० देखि दिउँसो १ बजेसम्म मात्र ओपीडी टिकट काट्ने समय थियो, अहिले २ घण्टा थपिएको हो ।
यस्तै, ओपीडी सेवाको समय पनि थप भएको छ । अहिले ओपीडी सेवा पहिलो चरणमा बिहान १० बजेबाट १ बजेसम्म र २ बजेबाट साँझ ५ बजेसम्म सेवा प्रदान भइरहेको छ ।
यस अघि ओपीडी सेवा दिउँसो १ बजेसम्म मात्रहुँदा टाढाबाट आएका बिरामीहरुलाई समस्या हुने गरेको थियो । सरकारी अस्पतालमा चिकित्सक नभेटिने, बिरामीहरूले उपचार गर्नका लागि निजी अस्पतालमा जानु पर्ने बाध्यताको अन्त्य गर्न सरकारी अस्पतालमा सेवा समय थप गरिएको मन्त्री राईले बताए ।
प्रदेशले सेवा समय थप गरे अनुसार नै जिल्ला अस्पताल खोटाङमा सेवा प्रदान भएको पाइएको मन्त्री राईको भनाइ छ । प्रदेशका १४ जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरूको ओपीडी सेवा गत बुधबारदेखि दुई चरणमा सञ्चालन हुन थालेको हो ।
प्रदेशले तोकेको समय अनुसार अहिले जिल्ला अस्पताल खोटाङबाट सेवा प्रवाह भइरहेको अस्पतालका प्रमुख मेडिल सुपरिटेन्डेन्ट डाक्टर रुपेश संग्रौलाले बताए ।