बिराटनगर । मोरङको विराटनगरमा एक बालिकाको हत्याको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरेर गाडेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित विशाल चोक कलेर्वा टोलमा गाडिएको अवस्थामा एक १४ वर्षीय बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। भारत घर भएकी १४ वर्षीय चाँदनी यादव २०–२५ दिन पहिला मावली घर विराटनगर आएकी थिइन्।
तिनै बालिकाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। बालिकाको शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
भारत बिहार घर भएकी बालिका करिब एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावली घर विराटनगर आएकी थिइन्। बालिकालाई मावलीमा हजुरबुबा सरजुग मण्डलको साथमा छाडेर उनका आमाबुबा भारत फर्किएका थिए।