खोटाङ उद्योग वाणिज्य संघद्वारा मन्त्री राईसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम

खोटाङ उद्योग वाणिज्य संघद्वारा मन्त्री राईसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम

रोदिक खबर

१९, माघ २०८१
  • 3.3K
    SHARES
  • खोटाङ उद्योग वाणिज्य संघद्वारा मन्त्री राईसंग   छलफल तथा अन्तरक्रिया कार्यक्रम

    खोटाङ । खोटाङ उद्योग वाणिज्य संघले जिल्लाको विकास सम्बन्धि समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    संघको आयोजनामा शुक्रबार दिक्तेलस्थित सगरमाथा होटेलमा जिल्लामा विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुको उपस्थितिमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास/स्वास्थ्य मन्त्री भुपेन्द्र राईसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    पछिल्लो समय निजी क्षेत्र विभिन्न आर्थिक तथा नीतिगत चुनौतीहरूका कारण कमजोर बन्दै गएकोले राज्यको ध्यानाकर्षण गराउन छलफल गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यले जानकारी दिए ।

    कार्यक्रम सहभागी भएका व्यवसायीहरुले मन्त्री राईसँग जिल्लाका समग्र समस्याका बारेमा खुलेर आ-आफ्नो कुराहरु राखेका थिए । व्यवसायीहरूले व्यापार प्रवर्द्धनका अवरोध, पूर्वाधारको अभाव, बैंकिङ पहुँच, कर प्रणाली, यातायात, पर्यटन प्रवर्द्धन लगायतका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

    स्थानीय व्यवसायी, उद्योगी, सरोकारवालाहरू तथा नीति निर्माताहरूलाई एकैठाउँमा ल्याएर जिल्लाको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्‍याउने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको खोटाङ उद्योग वाणिज्य संघका महासचिव अजय बस्नेतले बताए ।

    मन्त्री राईले निजी क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै आर्थिक तथा नीतिगत चुनौतीहरू समाधान गर्ने कुरा बताएका छन् ।

    आर्थिक अवस्थाका कारण केही समस्या उत्पन्न भएका छन्, त्यसलाई सुधार गर्न सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने योजना बनाइरहेको बताए ।

    प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - १४:२३:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको