विपन्नलाई सहयोगसँगै पेशागत उत्कृष्ट व्यक्तिहरुलाई वडाको सम्मान

विपन्नलाई सहयोगसँगै पेशागत उत्कृष्ट व्यक्तिहरुलाई वडाको सम्मान

रोदिक खबर

१९, माघ २०८१
  • 2.7K
    SHARES
  • विपन्नलाई सहयोगसँगै पेशागत उत्कृष्ट व्यक्तिहरुलाई वडाको सम्मान

    खोटाङ । खोटाङको रावावेशी गाउँपालिका-५ दुवेकोलले विपन्नलाई सहयोगसँगै पेशागत उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट वडा कार्यालय दुवेकोलले विभिन्न विद्यामा उत्कृष्टलाई सम्मान, विपन्नलाई सहयोग र विद्यार्थीहरुलाई पुरस्कृत गरिएको वडाध्यक्ष मनकुमार गुरुङले बताए ।

    Messenger_creation_F0707095-062F-460C-B34E-7ED11353AC8A.jpegवडाध्यक्ष गुरुङका अनुसार ११ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई इलेक्टिक जगका साथमा दोसल्ला ओढाएर सम्मान, उत्कृष्ट स्वास्थ्यकर्मी सम्मान कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी दुवकोलका प्रमुख तेजेन्द्र प्रकाश रेग्मी, उत्कृष्ट टेलरमा टेकबहादुर दर्जी, उत्कृष्ट डकर्मीमा पूर्णबहादुर नेपाली, उत्कृष्ट तरकारी उत्पादकमा काशीनाथ निरौला, उत्कृष्ट अभिभावकमा गंगोदय माविबाट देवीकुमारी दाहाल, कालिका आविबाट चनमती थापामगर, खेती आविबाट शर्मिला बास्तोला र वडाको सबैभन्दा ज्येष्ठ युगल जोडीमा पदमबहादुर भुजेल र चिनीमाया भुजेललाई विभिन्न सामग्रीको साथमा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

    Messenger_creation_C8E09182-35A7-4A97-AE44-42620BD9AB03.jpegयस्तै, वडाभित्र सञ्चालनमा रहेका दुई वटा संकलन केन्द्रका प्रोपाइटर तेजबहादुर राई र विक्रम घिमिरेलाई एक/एक थान सामान तौलने विद्युतिय डिजिटल मेसिन, गंगोदय माविबाट २०८० सालको एसइई उर्तिण गर्ने विपन्न तथा जेहेन्दार छात्र भद्रबहादुर खड्कालाई नगद १५ हजार प्रदान, वडाभित्र रहेका तीन विद्यालयका २०८१ सालको दोस्रो त्रैमासिक परीक्षा सामेल भई कक्षा प्रथम, द्वितीय र तृतीय हुने ६९ जना विद्यार्थीहरु र २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गरिएको वडा सचिव शेरबहादुर दाहालले जानकारी दिए ।

    Messenger_creation_C5F90CF1-2F86-4540-A2B5-4B258D43D062.jpegयस्तै, विपन्नलाई सहयोग कार्यक्रम अन्तर्गत वडाभित्रका विपन्न गोरमान भुजेल र हर्क बहादुर बिकलाई पाठासहितको बाख्रा प्रदान गरिएको छ भने डुम्रेधारापानी प्रहरी चौकीलाई एकसेट ग्यास र चुल्हो प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

    Messenger_creation_D767997C-334B-47E1-BEAC-CD2FF7B9A2C6.jpegसम्मानित तथा सहयोग प्राप्त गर्ने व्यक्तिहरुलाई रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, गाउँपालिकाका पूर्व अध्यक्ष लिलानाथ निरौला, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नं. ६ हौंचुरका वडाध्यक्ष चिरञ्जीवी कार्की लगायतले सम्मान तथा सहयोग सामग्री प्रदान गरेको वडा सचिव दाहालले बताए ।

    कार्यक्रममा कार्यपालिका सदस्य, वडा नं. ५ का पूर्व वडा अध्यक्ष, वडा सदस्य, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, स्वास्थ्यकर्मी, विद्यार्थी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको वडा कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - २२:३५:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको