बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल रेडक्रस सोसाइटी खोटाङको सभापतिमा जोशी निर्वाचित

नेपाल रेडक्रस सोसाइटी खोटाङको सभापतिमा जोशी निर्वाचित

रोदिक खबर

१, फाल्गुण २०८१
  • 3.8K
    SHARES
  • नेपाल रेडक्रस सोसाइटी खोटाङको सभापतिमा जोशी निर्वाचित

    खोटाङ, १ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाण्डेशनमा गएराति सम्पन्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको १२ औँ जिल्ला अधिवेशनबाट अर्का उम्मेदवार कुमारसिं बस्नेतलाई पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

    जोशीले ८१ मत ल्याएर रेडक्रस सभापतिमा विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका थिए । 

    समितिको महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन् । आचार्यले ७० मत तथा बस्नेतले ४५ ल्याएर महिला र खुला उपसभापतिमा विजयी भएका हुन् । महिला उपसभापतिका अर्का उम्मेदवार रत्नमायाँ बुढाथोकीले ४३ तथा खुला उपसभापतिका उम्मेदवार पर्शुराम बिकले ३९ मत र भीमबहादुर सैँजूले ३२ मत प्राप्त गरेका थिए ।

    यस्तै, मन्त्रीमा छत्रकुमार बजिमय विजयी भएका छन् । बजिमयले ८७ मत ल्याएर मन्त्री पदमा विजयी हुँदा अर्का मन्त्री पदका उम्मेदवार कृष्णप्रसाद आचार्यले २९ मत प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ ।

    दुई वर्षे कार्यकालका लागि चयन गरिएको रेडक्रस खोटाङको कोषाध्यक्षमा लीलाबहादुर खत्री विजयी भएका छन् । खत्रीले ६६ मत ल्याएर विजयी हुँदा नवराज केसीले ४६ मत प्राप्त गरेको जनाइएको छ ।

    उपमन्त्रीमा कृष्णप्रसाद अधिकारी विजयी भएका छन् । अधिकारीले ५५ मत ल्याएर उपमन्त्रीमा विजयी हुँदा शिवकुमार बस्नेतले ५३ मत प्राप्त गरे ।

    जिल्लाभरका १३८ मतदातामध्ये १२६ जना मतदाता सहभागी निर्वाचनमा शाखाको उपकोषाध्यक्ष पदमा अशोक आचार्य विजयी भए । आचार्यले ६३ मत ल्याएर उपकोषाध्यक्षमा विजयी हुँदा छत्रबहादुर केसीले ४४ मत प्राप्त गरे ।

    तीनजना महिला सदस्यमा इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भए । बस्नेतले ८१, रिजालले ७८ र दाहालले ७५ मत ल्याएर विजयी हुँदा रुपा विश्वकर्माले ४७ मत प्राप्त गरिन ।

    सातजना खुला सदस्यमा गोपाल राई (खड्गमनी) ले ६७ मत, अर्जुनकुमार राउतले ६६ मत, किशाेर कुमार श्रेष्ठले ६० मत, पुस्विन खत्रीले ६० मत, रामचन्द्र केसीले ५८ मत, कर्ण बस्नेतले ५७ मत र याम निरौलाले ५१ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत एवम् नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगाका सभापति नारायण दाहालले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ०७:४२:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको