बिहिवार, कार्तिक १३ गते २०८३

गैसस महासंघ खोटाङको अध्यक्षमा युवराज रिजाल निर्वाचित

गैसस महासंघ खोटाङको अध्यक्षमा युवराज रिजाल निर्वाचित

रोदिक खबर

३, फाल्गुण २०८१
  • 6.1K
    SHARES
  • गैसस महासंघ खोटाङको अध्यक्षमा युवराज रिजाल निर्वाचित

    खोटाङ । गैरसरकारी संस्था (गैसस) महासंघ नेपाल खोटाङको अध्यक्षमा युवराज रिजाल निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको समिक्षालय हलमा शुक्रवार सम्पन्न शाखाको सातौँ जिल्ला अधिवेशनमार्फत अध्यक्ष रिजालसहित कार्य समितिका सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

    समितिको उपाध्यक्षमा गीता थापा (बस्नेत) सचिवमा दानबहादुर राई, उपसचिवमा पार्वती आचार्य र कोषाध्यक्षमा कञ्चन परियार रहेका छन् । यस्तै, सदस्यहरुमा कमला घिमिरे, निरकाजी आचार्य, निरु थुलुङ, सुवाश आचार्य, उर्मिला पोखरेल(आचार्य), सुवती राई, भक्त विक र प्रेम श्रेष्ठ रहेका छन् ।

    कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, गैसस महासंघका केन्द्रीय सदस्य दानबहादुर राई, प्रदेश सदस्य विनोद विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १०:५३:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको