दिरुम नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दिरुम नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

रोदिक खबर

३, फाल्गुण २०८१
  • 2.0K
    SHARES
  • दिरुम नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधाका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको आयोजना तथा नवसंवाद पाक्षिकको संयोजन तथा सहजीकरणमा शुक्रवार नगरपालिकाको कार्यालय परिसरमा आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तभित्र भए गरेका योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

    आर्थिक वर्ष २०८१/०८२ मा ९८ करोड ९४ लाख ८२ हजार ९९५ रुपैयाँ वजेट चालू आर्थिक वर्षको अनुमानित वजेट भएकोमा माघ मसान्तसम्म ५८ करोड ५ लाख ९१ हजार ३४५ रुपैयाँ (५८.६८ प्रतिशत) वजेट प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राईले बताए ।

    यस्तै, राजस्व बाँडफाडबाट ७ करोड ७३ लाख १२ हजार ९९७ रुपैयाँ, संघीय अनुदानबाट ४२ करोड ८४ लाख ८९ हजार, प्रदेश अनुदानबाट ४ करोड ८० लाख ८८ हजार, आन्तरिक राजश्वबाट ७१ लाख ६७ हजार ९११ रुपैयाँ र अल्याबाट १ करोड ९५ लाख ३३ हजार ५३७ रुपैयाँ आम्दानी भएको भएको जनाइएको छ ।

    विनियोजित बजेटको चालू र पूँजीगत गरेर ३२ करोड ३३ लाख १ हजार ४९८ रुपैयाँ (३२.६८ प्रतिशत) खर्च भएको छ भने चालूतर्फ २८ करोड २ लाख ६५ हजार ४१३.३० पैसा (३९.०४ प्रतिशत) र पूँजीगततर्फ ४ करोड ३० लाख ३६ हजार ८५ रुपैयाँ (१५.८४ प्रतिशत) खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाइछ । चालूतर्फ खर्चको प्रगति देखिए पनि पूँजीगततर्फ भौतिक प्रगति भईरहेको तर, भुक्तानी लान बाँकी रहेकाले खर्च प्रगति कम देखिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

    सार्वजनिक सुनवाई कार्यक्रममा १३ जना नागरिकले नगरपालिकाको कार्यक्रमको प्रभावकारिता, नगरपालिकाले सञ्चालन गर्ने सेवाप्रवाह, विकासे काम, सुशासन, पारदर्शिता र जवाफदेहितामाथि जिज्ञासा तथा गुनासो गरेका थिए ।

    कार्यक्रममा नगरप्रमुख तीर्थराज भट्टराईले सहभागीहरुले उठाएको जिज्ञास तथा गुनासोको जवाफ दिर्दै नगरपालिकाभित्र रहेका विभिन्न खाले समस्याहरुलाई यथार्थ रुपमा बाहिर ल्याएर समृद्व नगरपालिका बनाउने अभियानमा टेवा पु¥याउन आग्रह गरे । सार्वजनिक सुवाई कार्यक्रममा नगरपालिकामाथि उठेका प्रश्नहरुको जवाफ नगरप्रमुख भट्टराई, उपप्रमुख विसन राई, प्रमुख प्रशासकीय अधिकृत राई, नगर प्रवक्ता एवम् लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायत दिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १५:५५:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको