कार्य सम्पादन मुल्याङकनमा दिक्तेल प्रथम

कार्य सम्पादन मुल्याङकनमा दिक्तेल प्रथम

रोदिक खबर

३, फाल्गुण २०८१
  • 2.2K
    SHARES
  • कार्य सम्पादन मुल्याङकनमा दिक्तेल प्रथम

    खोटाङ । कार्य सम्पादन मुल्याङकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार ६७.९ अंक ल्याएर दिक्तेल प्रथम भएको हो।

    रावाबेशी गाउँपालिका ६३.८ अंक ल्याएर दोश्रो तथा हलेसी तुवाचुङ नगरपालिका ६३.५ अंक ल्याएर तेश्रो भएको छ ।

    जन्तेढुंगा गाउँपालिकाले ५९.०, बराहपोखरी गाउँपालिकाले ५५.७, ऐसेलुखर्क गाउँपालिकाले ५२.१, केपिलासगढी गाउँपालिकाले ५२.१, साकेला गाउँपालिकाले ४६.१, खोटेहाङ गाउँपालिकाले ४२.९ र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ४१.१ अंक ल्याएको छ ।

    आयोगले माघ ३० गते स्थानीय तहको कार्य सम्पादन मुल्याङकन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ मा घर जग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको लगायतका विभिन्न १७ सूचकमा आयोगले स्थानीय तहको कार्य सम्पादन मुल्याङकन गरेको थियो।

    प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १७:०१:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको