शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलमा आधारभूत पत्रकारिता तालिम

दिक्तेलमा आधारभूत पत्रकारिता तालिम

रोदिक खबर

९, फाल्गुण २०८१
  • 2.3K
    SHARES
  • दिक्तेलमा आधारभूत पत्रकारिता तालिम

    खोटाङ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोगमा शुक्रबारदेखि दिक्तेलस्थित समिक्षालय हलमा तालिम सुरु गरेको हो।

    तालिममा २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको महासंघका सचिव राजकुमार भट्टराईले बताए।

    भट्टराईका अनुसार तालिमको सहजीकरण पत्रकार दमन राई, कृष्ण आचार्य, डम्बरसिं राई, दिलीप खत्री, भीम राई, उत्तम चौलागाँई लगायतले गर्नेछन्।

    तालिमको उदघाटन सत्रमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हिराधन राईले सूचनाको हक सम्बन्धि र प्रमुख प्रशिक्षक राईले पत्रकारिताको परिचयका विषयमा सहजीकरण गरेका थिए।

    पत्रकारिता र समाजशास्त्रको विषयमा उप-प्राध्यापक ध्रुव श्रेष्ठ र पत्रकारितामा कानूनी विषयमा अधिवक्ता ओमप्रकाश घिमिरेले सहजीकरण गर्ने कार्यक्रम छ।

    तालिमको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्बन्धि समाचार वाचन गरेर उदघाटन गरेका थिए जिल्लाको पत्रकारितामा जनशक्ति थप गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष हरिबोल आचार्यले बताए।

    प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २१:४२:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको