काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए।
ती सदस्यका अनुसार बढिमा एक हप्ताभित्र मन्त्रिमण्डल पुनर्गठन हुने लगभग सहमति बनेको छ।‘भोलि पनि बैठक बस्छ, नीतिगत कुरा सकिएको छ, अब प्राबिधिक विषय टुंगो लगाएर मन्त्री बनाउने नाम तय गर्छौं र सचिवालयले नै नाम तोक्छ,’ ती नेताले बताए।