शुक्रवार, भाद्र २६ गते २०८३

३५ बुंदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय बाँस सम्मेलन सम्पन्न

३५ बुंदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय बाँस सम्मेलन सम्पन्न

रोदिक खबर

१७, फाल्गुण २०८१
  • 4.9K
    SHARES
  • ३५ बुंदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय बाँस सम्मेलन सम्पन्न

    खोटाङ । खोटाङको दिक्तेलबजारमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्पन्न भएको छ।

    बाँसले दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वासका साथ ३५ बुंदे घोषणा पत्र जारी गरेर शनिबार सम्मेलन सम्पन्न भएको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको सह–आयोजनामा माटिकोरे कबर्डहलमा भएको तीनदिने सम्मेलनमा बाँससँग सम्बन्धित विशिष्ट ४४ जना व्यक्तित्वबाट २३ वटा कार्यपत्र प्रस्तुत भएको थियो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको सह–आयोजनामा माटिकोरे कबर्डहलमा भएको तीनदिने सम्मेलनमा बाँससँग सम्बन्धित विशिष्ट ४४ जना व्यक्तित्वबाट २३ वटा कार्यपत्र प्रस्तुत भएको थियो।

    प्रस्तुत भएको उक्त कार्य पत्रको निचोडसहित जारी गरिएको घोषणा पत्रमा बाँस खेती प्रवद्र्धन र दिगो व्यवस्थापन, बाँस उद्योग तथा बजार विकास सुदृढीकरण, अध्ययन, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिबृद्धि, नीतिगत रुपरेखा तथा संस्थागत समर्थन, वातावरणीय तथा जलवायु चुनौतीको समाधान र रोजगारी तथा जीविकोपार्जनको विस्तार गर्न सरोकार सबैलाई आव्हान गरेकोे छ।

    खोटाङमा बाँस संग्रहालय स्थापना गरी खोटाङलाई बाँसको राजधानीको रुपमा पहिचान दिलाउन पहल गर्ने, दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो राष्ट्रिय बाँस सम्मेलन सुरु भएको फाल्गुन १५ गतेलाई हरेक वर्ष सोही दिन राष्ट्रिय बाँस जागरण दिवसका रुपमा मनाउन पहल गर्ने र प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने घोषणा पत्रमा उल्लेख छ ।

    जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ नाराका साथमा सम्पन्न सम्मेलनले बहुउपयोगी बाँसलाई सरकारी नीति निर्माणमा समाबेश गरी आयआर्जनमा जोड दिनुपर्ने निचोड निकाल्दै जारी भएको घोषणा पत्रमा सरकार, स्थानीय तह, नीजि क्षेत्र, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विकास साझेदार, अनुसन्धान संस्थाहरु तथा नागरिक समाजलाई कार्यान्वयनका लागि सहकार्य गर्न आव्हान गरिएकोे छ। बाँस सम्मेलनका लागि बाँससँग काम गर्ने विभिन्न संघसंस्था, बाँसका विज्ञहरु गरी करीव तीन सयजना मानिसहरु दिक्तेलबजार आएका थिए।

    सम्मेलनमा माटिकोरे खेलमैदानमा बाँसजन्य फर्निचर, स्थानीय कृषि उत्पादन र खाद्यान्नको स्टलहरु राखिएको थियो। स्टल राख्न जिल्लाभित्र भन्दा बाहिरका मानिसहरु दिक्तेल आएका थिए। स्टलका लागि बाँसकै खम्बा र चित्रा प्रयोग गरिएको थियो।

    दिक्तेलबजारको मुख्य–मुख्य चोकमा बाँसको स्वागत गेट, कार्यक्रमस्थलमा बाँसकै पोडिएम, बाँसको मान्द्रोको ब्यानर, बाँसकै मन्च, बाँसबाट बनेका कुर्सी, आराम कुर्सी, बाँसबाट बनाईएको फूलहरु र आकर्षक फर्निचर सामाग्रीहरु राखिएको थियो।

    बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख र बाँसका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले ४२ लाख बराबरको जिन्सी सामाग्रीहरु सहयोग गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    १५ फाल्गुनबाट सुरु भएको सम्मेलनको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बाँसबाट बनेको यलम्बर बाजा बजाएर उद्घाटन गरेका थिए ।

    बाँसको प्रवद्र्धन तथा प्रचारप्रसार गर्नकै लागि नगरप्रमुख भट्टराई र उपप्रमुख विसन राई निर्वाचित हुनासाथ आ–आफ्नो कार्यकक्षमा बाँसबाट निर्मित कुर्सी र बाँसको फर्निचरहरु प्रयोग गर्दै आएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १३ प्रकारका बाँस पाईने गरेको नगरपालिकाको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए।

    प्रकाशित मिति :फाल्गुण १७, २०८१ शनिवार - २२:४३:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको