दिक्तेलको अस्पताल चौकदेखि साप्सुखोलासम्मको सडकको अनुगमन

दिक्तेलको अस्पताल चौकदेखि साप्सुखोलासम्मको सडकको अनुगमन

रोदिक खबर

१७, फाल्गुण २०८१
  • 3.1K
    SHARES
  • दिक्तेलको अस्पताल चौकदेखि साप्सुखोलासम्मको सडकको अनुगमन

    खोटाङ, १७ फागुन । जिल्ला अस्पताल दिक्तेलको अस्पताल चौकदेखि साकेला गाउँपालिका जाने साप्सुखोलासम्मको सडकको अवस्था नाजुक छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे यो सडकले दुःख नदिएको यात्रु कम नै होलान । नाजुक अवस्थामा रहेको उक्त सडकलाई अहिले कोशी प्रदेशका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले चासो दिएका छन् ।

    अस्पतालचोक देखि साप्सु खोलासम्मको सडकलाई स्तरोन्नति गर्ने उद्देश्यसहित मन्त्री राईले फागुन १७ गते अनुगमन गरेका छन् ।

    भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख ललित चौधरीसहितको टोली लिएर सडक अनुगमन गरेका मन्त्री राईले उक्त सडक बनाउन आफु लागि पर्ने बताएका छन् ।

    प्राविधिकसहितको टोली लिएर अस्पताल चौकदेखि साप्सु खोलासम्म पुगेर सडक निहालेका मन्त्री राईले आगामी आर्थिक वर्षको बजेटमा बहुवर्षे योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

    धुलाम्मे सडकमा अहिले पनि यात्रा गर्न सहज छैन्, मोटरसाइकलमा यात्रा गर्नेहरु गन्तव्यमा पुग्दासम्म धुलोले नचिन्ने हुने अवस्था छ ।

    अस्पतालचोक–साप्सु सडकमा चालु आर्थिक वर्षमा ५० लाख बजेट रहेको छ । उक्त बजेटले बर्खामा गाडी चल्न सक्ने सडक बनाउने र आगामी आर्थिक वर्षमा सडक स्तरोन्नतिको लागि बजेट व्यवस्थापन गर्ने मन्त्री राईको भनाइ छ

    । दिक्तेलबाट ग्रामिण क्षेत्रमा जाने सडकमध्ये सबै भन्दा अगाडी ट्रयाक खोलिएको यो सडकको अहिलेको हविगत हेर्दा दुःख लाग्दो छ । तर, विषेशगरी साकेला गाउँपालिकाका नागरिकलाई यात्रा गर्न यो सडकको विकल्प छैन् ।

    विगतमा उक्त सडक स्तरोन्नतिको लागि अस्पतालचोक–लफ्याङको दुबेछिवा र अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेछिवा–साप्सुखोला सडकको ठेग्गासमेत लागेको थियो । तर, निर्माण कम्पनीको चरमलापारबाहीको कारण समयमा काम सम्पन्न भएन ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको मेसिनहरुमा तालासमेत लगायो । तर, निर्माण कम्पनीले काम नगर्दा बजेटनै काटिएको थियो ।

    सडकको अहिलेको अवस्था दर्दानाक रहेको स्वयं भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख ललित चौधरी बताउछन् ।

    प्रकाशित मिति :फाल्गुण १७, २०८१ शनिवार - २३:१८:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको