शुक्रवार, भाद्र २६ गते २०८३

केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

रोदिक खबर

१९, फाल्गुण २०८१
  • 3.7K
    SHARES
  • केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

    काठमाडौँ १९ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छिन् ।

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो।

    पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ।

    उक्त पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए ।

    प्रकाशित मिति :फाल्गुण १९, २०८१ सोमवार - १६:१०:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको