बिहिवार, कार्तिक १३ गते २०८३

पिपलडाँडा माविमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना

पिपलडाँडा माविमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना

रोदिक खबर

२०, फाल्गुण २०८१
  • 3.4K
    SHARES
  • पिपलडाँडा माविमा  एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना

    खोटाङ २० फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पिपलडाँडा माध्यमिक विद्यालयमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय स्वर्गीय टंकल राईको स्मृतिमा उनको परिवारले टंकल राई स्मृति अक्षय कोष स्थापना गरेका हुन् ।

    मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच राई परिवारले उक्त अक्षय कोषको रकम विद्यालयका निमित्त प्रधानाध्यापक भेखनाथ चौधरीलाई हस्तान्तरण गरिएको सन्तोष राईले जानकारी दिए ।

    कोषबाट प्राप्त भएको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब, विपन्न र उत्कृष्ट छात्रछात्रालाई वार्षिक रुपमा पुरस्कृत गरिने कोषका संरक्षक लोक बहादुर राईले बताए । विद्यालयमा स्थापना भएको अक्षय कोषले गरिब, विपन्न तथा उत्कृष्ट विद्यार्थीका लागि शैक्षिक विकासमा ठूलो टेवा पुग्ने विद्यालयका निमित्त प्रधानाध्यापक चौधरीले बताए ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले यस कोषले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका थिए ।

    उक्त माविमा कक्षा ११ मा अध्ययनरत टंकलको २०८० साल फागुन २० गते टिफरसँग बाईक ठोक्किदा मृत्यु भएको थियो ।

    दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपरसँग स ९ प १२१२ नम्बरको बाईक हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाँडामा ठोक्किँदा बाईकमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार देविटारका २५ वर्षीय टंकल मृत्यु भएको थियो ।

    यस्तै, अक्षयकोष स्थापना कार्यक्रमको अवशरमा पिपलडाँडा माध्यमिक विद्यालयको आयोजानमा हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारस्थित अन्तरमावि सदन स्तरीय तथा अन्तर प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता गरिएको छ ।

    अन्तर मावि सदन स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अरनिको सदन प्रथम, बलभद्र सदन द्धितिय र पासाङल्हामु सदन तृतिय भएका छन् ।

    प्रतियोगतामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः तीन हजार पाँच सय, दुई हजार आठ सय र दुई हजार एक सय रुपैयाँ पुरस्कार राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यस्तै, अन्तर प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पिपलडाडा मावि प्रथम, दिपक जनज्योति आवि माध्यमिक विद्यालय द्वितीय र जनश्रम आवि तृतिय भएका छन् ।

    प्रतियोगतामा प्रथम, द्वितीय र तृतिय हुनेले क्रमशः चार हजार, तीन हजार दुई सय र दुई हजार चार सय रुपैयाँ पुरस्कार राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यस्तै, खुल्ला तथा सदन स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ । खुल्ला नृत्यतर्फ लक्ष्मी राई प्रथम, सन्ध्या राई द्वितीय र युनिश पुलामी मगर तृतीय भएका छन् भने सदन स्तरीय नृत्य प्रतियोगितामा अरनिको सदन प्रथम, बलभद्र सदन द्वितीय र पासाङल्हामु सदन तृतीय भएका छन् ।

    उनीहरुले क्रमशः दुई हजार, एकजार पाँच सय र एक हजार रुपैयाँ पुरस्कार राशीसहित प्रमाणपत्र प्राप्त गरेको विद्यालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - २१:५२:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको