हलेसीका अग्नी पीडित चार घरपरिवारलाई २२ लाख राहत वितरण

हलेसीका अग्नी पीडित चार घरपरिवारलाई २२ लाख राहत वितरण

रोदिक खबर

४, चैत्र २०८१
  • 3.8K
    SHARES
  • हलेसीका  अग्नी पीडित चार घरपरिवारलाई २२ लाख राहत वितरण

    खोटाङ । खोटाङको हलेसीका अग्नी पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले चार घरपरिवारलाई २२ लाख राहत प्रदान गरेको छ । फागुन ४ गते ग्यास लिक भई आगलागी हुँदा आगलागीमा घर सहित सर्वस्व गुमाएपछि कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका चार घरपरिवारलाई नगरपालिकाले २२ लाख रकम आइतवार प्रदान गरेको हो ।

    नगरप्रमुख बिमला राईका अनुसार नगरपालिकाले नगरपालिकाको माछापुच्छ्रे बैकको प्रकोप व्यावस्थापन कोषको खातामा जम्मा भएको उक्त रकम घर पूर्णक्षति भएका पदमसेर राई र ओइराख राईलाई नौ/नौ लाख तथा घर आंशिक क्षति भएका प्रकाशचन्द्र गिरी र भरणसेर राईलाई दुई/दुई लाख वितरण गरेको हो ।

    अग्नीपीडितको सहयोगका लागि नगरपालिकाले सर्वदलीय, सवपक्षीय बैठकबाट निर्णय गरी एकद्वार प्रणालीबाट राहत संकलनका लागि अभियान सञ्चालन गरेको थियो । राहत रकम संकलन अभियान दुई महिनासम्म चल्ने भएकाले इच्छुकहरुलाई सहयोग गर्न आग्रह गरिएको छ।

    पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा लागेको आगोले पुर्णरुपमा घर जल्दा चार करोड, पदमशेरकै बायाँ साइडमा रहेको ओइराखको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको थियो।

    दाहिने साइडमा रहेको प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणशेरको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाख गरी कूल ७ करोड ३० लाखको क्षति भएको थियो।

    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - १२:२१:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको