बिहिवार, कार्तिक १३ गते २०८३

डा. केसीले लिन मानेनन् कुनै उपचार, झन् खस्कियो स्वास्थ्य

डा. केसीले लिन मानेनन् कुनै उपचार, झन् खस्कियो स्वास्थ्य

रोदिक खबर

४, आश्विन २०७७
  • 2.9K
    SHARES
  • डा. केसीले लिन मानेनन् कुनै उपचार, झन् खस्कियो स्वास्थ्य

    अनशन बसेको सातौँ दिन। डा. केसीको स्वास्थ्य स्थिति खस्किदैँ छ। तर उनी उपचार सेवा लिनका लागि तयार छैनन्। माग पूरा नभएसम्म उपचारका लागि आफूले कुनै पनि सहकार्य नगर्ने अडान उनले लिएका छन्।

    अनशनको चौथो दिनबाट डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकले बताउँदै आएका छन्। स्वास्थ्य समस्या बढ्दै गए पनि सरकारले उनका लागि कुनै पनि प्रकारले चासो देखाएको छैन।

    तर शनिबार अर्थात अनशनको छैठौँ दिनको राति उनलाई बाबिरा मस्ट मन्दिर परिसरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ। अस्पतालको बेडमा सुतिरहेका डा। केसीले आफ्नो इच्छा विपरीत अस्पताल ल्याएको आरोप लगाएका छन्।

    मन्दिरमा बसिरहेका डा। केसीलाई साढे ९ बजेतिर सिभिल ड्रेसमा पुगेका प्रहरीले भने, ‘हामी तपाईँलाई सुरक्षा दिन आएको।’

    उनले जवाफ दिए, ‘तपाईँहरु मलाई कस्तो सुरक्षा गर्नु हुन्छ थाहा छ। योभन्दा अगाडि पनि अभियान तोड्नका लागि होटलबाट बाहिर निस्किन दिनु भएन। त्यसैले मलाई तपाईँहरुप्रति बिश्वास छैन। म सर्वसाधारणसँग सुरक्षित महशुस गर्छु, तपाईँहरुसँग होइन।’

    उनीहरुले डा। केसी आफूसँग जानैपर्ने बताए। तर डा। केसीले आफ्नो अडान छाडेनन्। आफू एक चिकित्सक भएको हैसियतले आफ्नो स्वास्थ्य अवस्था उनीहरुभन्दा राम्रोसँग थाहा भएको भन्दै जबाफ फर्काए।

    डा। केसीको जबाफ सकिन नपाउँदै करिब १० जनाले उनलाई जबरजस्ती बसेको ठाउँबाट उठाए। सिधै कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याए।

    ‘म यो देशको नागरिक हुँ, ओली ९प्रधानमन्त्री०को रैती होइन। त्यो फटाहा ज्यानमारा ओलीको पनि होइन, नरेश भण्डारीको पनि होइन। मुख्य मन्त्रीको पनि होइन’, आफ्नो असहमतिबिनै अस्पताल ल्याएको भन्दै आक्रोशित डा। केसीले भनेका छन्, ‘सिडिओको तानाशाही छ। जनताको सेवा गर्नु भन्दा यिनै हत्यारा नेताको गुलामी गरिरहेका छन्। सिडिओले तलब हामी सबैले तिरेको करबाट खाइरहेको छ। हामीले तिरेको कर खाने अनि जनताकै अधिकार हनन् गर्ने अनि नरेश भण्डारी र ओलीको आदेश मान्नेरु मलाई त लाग्छ, यो नरेश भण्डारीको काम हो। उसको लंगौटी खस्न आँट्यो। त्यही भएर यस्तो गरिरहेको छ।’

    सरकारलाई आफ्नो स्वास्थ्यको चिन्ता भएको खण्डमा माग पूरा गर्न सकिने डा। केसी बताउँछन्। उनी फेरि कड्किन्छन्, ‘यो रोकेर राख्ने नरेश भण्डारीले पनि हो। किन भन्दा दुई वर्ष अगाडि म यहाँ अनशन बस्दा प्रहरी प्रशासन लगाएर अस्पताल जस्तो सम्वेदनशील क्षेत्रलाई तोड्फोड गरी, डाक्टर, नर्सलाई कुटपिट गरी, उसको विरुद्ध आवाज उठाएका बिरामीलाई कुटपिट गरेर मलाई अपहरण गरेर त्यही नरेश भण्डारी, मुख्यमन्त्रीको उपस्थितिमा, ओलीको निर्देशनमा यिनीहरुले तानाशाही गरेका हुन्।’

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग आबद्ध भण्डारी जुम्लाबाट प्रदेशसभा सांसद छन्।

    दुई वर्ष अगाडि सरकारसँग सम्झौता भएपनि अहिलेसम्म कुनै पुरा नभएको उनले गुनासो गरेका छन्। डा। केसीले थपे, ‘तर खोई पूरा गरेको दुई वर्ष भइसक्यो। फेरि पनि म यसरी यहीँ आएर अनशन बस्नु पर्‍यो। मैले भनिरहेको छु, म मेरो लागि बसेको हैन। म यहीँका जनताका लागि हो।’

    माग पूरा नभएसम्म कुनै पनि हालतमा आफूले उपचारका लागि सहकार्य नगर्ने डा। केसीले चेतावनी दिएका छन्।

    ‘माग पुरा गर्नुको साटो जबरजस्ती अपहरण गर्ने मलाईरु अपहरण गरेर ल्याउने मलाईरु मैले भनिरहेको छु, म कुनै पनि उपचार, इन्भेस्टिगेसन्स्, मोनिटरिङ लिने वाला छैन’, उनले भने।

    डा। केसीलाई आइसियूमा राखिएको भएपनि स्वास्थ्य जाँच गर्न नमानेको अस्पतालले जनाएको छ।

    अस्पताल ल्याउनु अघिसम्म दिनमा तीनपटक डा। केसीको स्वास्थ्य जाँच गर्ने गरे पनि अस्पताल ल्याएपछि कुनै पनि प्रकारको जाँच गर्न नमानेको डा। केसीको उपचारमा संलग्न डा। प्रविनकुमार गिरीले बताए।

    उनले भने,‘अस्पताल ल्याउनु अघिसम्म दिनमा तीनपटक जाँच गरेका थियौँ तर अस्पताल ल्याइसकेपछि सबै खालको स्वास्थ्य जाँच लिन नमान्नु भएकोले प्रेसर, मुटुको गति, शरीरको तापक्रम, पीसावको मात्रा, अक्सिजनको मात्रा आदि कुनै पनि जाँच गर्न सकिएको छैन।’

    शनिबारसम्म डा। केसीलाई चक्कर लाग्ने, मुटुको चाल बढ्ने, मांसपेसी बाउडिने, छाती दुख्ने स्वास फेर्न गाह्रो हुन, प्रेशर कम, पिसाबको मात्रामा कमी भइरहेको उनको उपचारमा खटिएका चिकित्सकले बताएका थिए।

    चिकित्सकले डा। केसीलाई २४ घण्टा नियमित मोनिटर गर्न ठाउँमा सार्न नसके उनको स्वास्थ्य सँगै शरीरका महत्त्वपूर्ण अंगहरुमा गम्भीर समस्या देखिन सक्ने बताउँदै आइरहेका थिए।

    डा। केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

    आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर डा। केसीले अनशन सुरु गरेका हुन्। (देशसञ्चार अनलाइनबाट ।)

     

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १९:२५:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको