खोटाङ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को बागमती प्रदेश अध्यक्षमा राजकुमार आचार्य चयन भएका छन् । बुधबार सम्पन्न दोश्रो हिसान बागमती प्रदेश अधिवेशनले आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । शिक्षा क्षेत्रमा राष्ट्रिय व्यक्तित्व बनाएका आचार्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थायी वासिन्दा हुन् ।
उपाध्यक्षमा, आनन्द कुमार यादव र सन्दिप श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा मदन कुमार सुवेदी, सह(सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा जयराम वाग्ले निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा, बुद्धिराम बन्जाडे, नन्दु कुशवाहा, बरुण पन्थी, आरडी भट्ट, सुदर्शन जमरकट्टेल, ऋतु न्यौपाने, होम बाहदुर अधिकारी, लक्ष्मण पोख्रेल, पेशल लुइटेल, आकाश पौडेल, विष्णु शर्मा, राम प्रसाद बडाल, भुशील खनाल, सरोज महर्जन र नेत्र प्रसाद भुसाल निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ बर्षको रहने छ ।