शुक्रवार, भाद्र २६ गते २०८३

खोरेत रोग नियन्त्रण गर्न रणनीति कार्यान्वयनका लागि स्थानीय सरोकारवालासंग छलफल

खोरेत रोग नियन्त्रण गर्न रणनीति कार्यान्वयनका लागि स्थानीय सरोकारवालासंग छलफल

रोदिक खबर

८, चैत्र २०८१
  • 4.0K
    SHARES
  • खोरेत रोग नियन्त्रण गर्न रणनीति कार्यान्वयनका लागि स्थानीय सरोकारवालासंग छलफल

    खोटाङ ८ चैत्र । खोटाङको दिक्तेलमा घर पलुवा पशुहरुमा लाग्ने खोरेत रोग नियन्त्रण गर्न रणनीति कार्यान्वयन तथा सम्बन्धित निर्देशिकाबारे सरोकारवालाहरूसँग छलफल गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङको आयोजनामा जिल्लाका सरोकारवाला निकाय, स्थानीय तहका जनप्रतिनिधि तथा पशु सेवामा आवद्ध कर्मचारी, कृषक व्यवसायीहरुको सहभागितामा शुक्रवार कार्यक्रमको आयोजना गरिएको हो ।

    दिक्तेलस्थित शुभदिन होटलमा भएको छलफल कार्यक्रममा खोरेत रोग के हो, यसका लक्षण, यसको नियन्त्रणका लागि के के गर्ने, कसरी गर्ने, कसले गर्ने, अपनाउनु पर्ने विधि लगायतका बारेमा सहभागीहरुलाई पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा.सुशिल अधिकारीले जानकारी गराएका थिए ।

    गाई, भैंसी, भेडा, बाख्रा, सुंगुर, बंगुर, बदेल लगायत खुरफट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग भएकाले खोरेत रोगको बेलैमा ध्यान पु¥याउन नसकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्ने, रोगको विषाणु अति सुक्ष्म थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी बातावरणमा लामो समयसम्म क्रियाशील रहने, छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्न सक्ने क्षमताका कारण महामारीको रुपमा फैलिन सक्ने वताईएको थियो ।

    छलफलमा डा.अधिकारीले कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङसहित झापा, सुनसरी, मोरङ, उदयपुर र ओखलढुङ्गा जिल्लामा खोरेत रोग देखा परेको जानकारी दिए । रोगका किटाणु हावाले अत्याधिक छिटो ६० किलोमिटर प्रति घण्टा फैलाउने, रोगी पशुहरूमा मासु दुध दुधजन्य पदार्थमा लामो समयसम्म किटाणु रहने जनावरमा समेत लाग्ने भएकाले यसको नियन्त्रण तथा रोकथामका लागि कोशी प्रदेशमा वार्षिक चौध करोड बढि खर्च हुने गरेको जनाइएको छ ।

    खोरेत रोग नियन्त्रणका लागि कोशी प्रदेश सरकारले खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि २०८१ मन्त्रिपरिषद्बाट स्वीकृति गराएर राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्रकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा जप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लाका विभिन्न पालिकाका कृषि शाखा प्रमुख, पशुपालन कृषक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - २०:५८:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको