कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ६ महिनामा असुल गर्‍यो १८ करोड ६० लाख बढी बेरुजु

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ६ महिनामा असुल गर्‍यो १८ करोड ६० लाख बढी बेरुजु

रोदिक खबर

८, चैत्र २०८१
  • 2.3K
    SHARES
  • कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ६ महिनामा असुल गर्‍यो १८ करोड ६० लाख  बढी बेरुजु

     चैत ८ विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो ६ महिनामा १८ करोड ६० लाख भन्दा बढी बेरुजु असुल गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मज्त्रालयको बेरुजु ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । पछिल्लो ६ महिनामा मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु असुल गरेको हो ।

    भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भौतिक पूर्वाधार मन्त्रीले बेरुजु फर्छ्यौटका लागि मतहतका कर्यालयलाई निर्देशन दिएको थिए । ६ महिनामा कुल बेरुजुको आधा असुल भएको मन्त्री राईले बताए ।

    ‘६ महिनामा बेरुजु असुल सकारात्मक छ,’ उनले भने,‘ बेरुजु फर्छ्यौट गर्ने अभियानमा छौं ।’ उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयमा भौतिक पूर्वाधार मन्त्रालयकै १ करोड ६३ लाख ७५ हजार ७५१ रुपैयाँ बेरुजू थियो । जसमा १० लाख बेरुजु असुल भएको छ ।

    पूर्वाधार विकास कार्यालयहरु सबै भन्दा बढी मोरङको १८ करोड ६२ लाख ९३ हजार २३५ रुपैयाँ असुल गर्नुपर्ने बेरुजू थियो । जसमा १६ करोड १६ लाख ९४ हजार रुपैयाँ बेरुजु असुल भएको छ । पूर्वाधार विकास कार्यालय उदयपुरले ६४ लाख ३७ हजार ७१५, पूर्वाधार विकास कार्यालय ओखलढुंगाले १ करोड ३७ लाख ४४ हजार १२८ रुपैयाँ, पूर्वाधार विकास कार्यालय भोजपुरले ५८ हजार ३८८ बेरुजु असुल गरेको छ ।

    त्यस्तै शहरी विकास तथा भवन कार्यालय मोरङले ८ लाख ४२ हजार ४१४, शहरी विकास तथा भवन कार्यालय इलामले ७ लाख ८३ हजार ४०५, धनकुटाले ८ लाख ६० हजार८५४ र ओखलढुंगाले ५ लाख ८८ हजार ८१३ रुपैयाँ बेरुजु असुल गरेको छ ।

    यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय झापा, पूर्वाधार विकास कार्यालय पाँचथर र संखुवासभाले भने बेरुजू असुल गर्न सकेनन् । मन्त्रालयले बेरुजु संकलनलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राईले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - २२:१८:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको