शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु

खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु

रोदिक खबर

९, चैत्र २०८१
  • 3.7K
    SHARES
  • खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु

    खोटाङ ९ चैत्र । खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।  केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो।

    शनिबार बिहान साढे चार वजेको समयमा दिलकुमारीलाई घरको आँगनमा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष तेजकुमार राईले जानकारी दिए ।

    पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेर मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    दिलकुमारीको चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी नायव निरीक्षक गंगा चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको जनाइएको छ ।

    घटनास्थल पुगेर आवश्यक कानूनी प्रक्रिया पूरा गर्न जिल्लाबाट प्रहरी निरीक्षकको टोलीसमेत घटनास्थल जाँदै गरेको प्रनाउ विष्टले जानकारी दिए ।

    जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेपछि मृतक दिलकुमारीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइने जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र ९, २०८१ शनिवार - ११:५५:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको