केपीलासगढी गाउँपालिकाका दुई वडा कार्यालय भवनको शिलान्यास

केपीलासगढी गाउँपालिकाका दुई वडा कार्यालय भवनको शिलान्यास

रोदिक खबर

१५, चैत्र २०८१
  • 4.4K
    SHARES
  • केपीलासगढी गाउँपालिकाका दुई  वडा कार्यालय भवनको शिलान्यास

    खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाका दुई वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । स्थानीय देउमान राईको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आइरहेको वडा नम्बर-२ खार्तम्छा र आफ्नै पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको वडा नम्बर-४ वाक्सिलाको वडा कार्यालयको भवनको शिलान्यास गरिएको  हो ।

    नयाँ बन्न लागेको वडा कार्यालय भवनको शुक्रबार एक औपचारिक कार्यक्रमबिच कोशी प्रदेशका भौतिक पूर्वाधार विकास/स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गरेका हुन् ।

    Screenshot_20250328_210118_Gallery.jpgगाउँपालिकाको आर्थिक सहयोगमा बाक्सिलाको वडा कार्यालय भवन मूल्य अभिबृद्दि करसहित ४८ लाख ८१ हजार र खार्तम्छा अभिबृद्दि करसहित ४७ लाख २९ हजार ५६९ रुपैयाँको लागतमा निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

    दुबै वडामा एउटै डिजाइनको बन्ने भवन पहिलो तलामा चार कोठे र माथिल्लो तलामा तालिम हल बन्ने गाउँपालिका अध्यक्ष समीर राईले बताए ।

    २०८२ माघ २४ गते सम्पन्न गर्ने गरि कामको जिम्मा लिएको चतुरुप/माइला जे.भी. निर्माण सेवाले बाक्सिलाको २०८१ भदौ २४ गते र खार्तम्छाको २०८१ पौष २४ गते  सम्झौता गरेको हो ।

    शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री राईले निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने मन्त्री राईले विश्वास व्यक्त गरे । 

    भवन शिलान्यास कार्यक्रममा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राई, नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिका सदस्य लोकेन्द्र राई, नेपाल महिला संघ केन्द्रीय सदस्य सरिता आङ्दाम्बे, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिरकाजी राई, केपीलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत सौधन राई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयवासी  लगायतको उपस्थिति रहेकोे थियो ।

    प्रकाशित मिति :चैत्र १५, २०८१ शुक्रवार - २१:०७:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको