मापदण्ड अनुशारको आइसोलेसन बनाउन कार्यदल 

मापदण्ड अनुशारको आइसोलेसन बनाउन कार्यदल 

रोदिक खबर

२, भाद्र २०७७
  • 2.6K
    SHARES
  • मापदण्ड अनुशारको आइसोलेसन बनाउन कार्यदल 

    खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा मापदण्ड अनुशारको आइसोलेसन निर्माणका लागि कार्यदल गठन गरिएको छ । कोरोना संक्रमण दर बढिरहेको अवस्थामा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १७ औं बैठकले जिल्लाका सबै स्थानीय तहमा मापदण्ड अनुशारको आइसोलेसन निर्माणका लागि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा आसोसेलन निर्माण सम्वन्धी कार्यदल बनाएको हो ।

    कार्यदलको सदस्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका सभापति र उद्योग वाणिज्य संघलाई चयन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङले बताए ।

    ल्ला समन्वय समितिको सभाहलमा सोमबार सम्पन्न बैठकले खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लालाई पायक पर्ने ओखलढुंगामा प्राविधिक सहितको पिसिआर टेष्ट मेसिन व्यवस्थाका लागि संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    पिसिआर टेष्ट मेसिन व्यवस्थाका लागि जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

    यस्तै, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको व्यवस्थापनमा संयुक्त क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न समन्वय गर्ने निर्णय गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए । 
    कोरोनाको संक्रमण दर बढिरहेको बेला अनियन्त्रित रुपमा हुने आगमन नियन्त्रणका लागि खोटाङ आउन चाहने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय खोटाङको अनुमती प्राप्त भएपछि मात्र आउने पास दिनका लागि अन्य सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने, हरितालिका तीज घर–घरमै मनाउन आग्रह गर्ने निर्णय गरिएको छ ।

    यस्तै, क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई लाग्ने खर्चको ५० प्रतिशत दायित्व बहन गराउने, स्थानीय तह, कार्यालय र संघसंस्थाले छापा तथा विद्युतीय सञ्चार माध्यमबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्वन्धी जनचेतनामुलक श्रव्य, दृश्य, प्रहसन, नाटक लगायतका सन्देशमुलक अभियान प्रशारण÷सञ्चालन गर्ने निर्णय गरिएको चाम्लिङले बताए । 

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ११:०३:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको