रणभीम गण मुढे ब्यारेकमा ११३ जनाको स्वास्थ्य परीक्षण

रणभीम गण मुढे ब्यारेकमा ११३ जनाको स्वास्थ्य परीक्षण

रोदिक खबर

१९, चैत्र २०८१
  • 4.0K
    SHARES
  • रणभीम गण मुढे ब्यारेकमा ११३ जनाको स्वास्थ्य परीक्षण

    खोटाङ, १९ चैत । खोटाङको दिक्तेलस्थित रणभीम गण मुढे व्यारेकमा स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

    व्यारेकमा कार्यरत सैनिक, भुपु सैनिक तथा अवकाश प्राप्त सैनिकका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले चैत १९ गते स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

    कार्यक्रममा जनरल मेडिसिन, नाक, कान, घाँटी र अर्थोपेडिकसँग सम्वन्धित बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको रणभीम गणले जनाएको छ ।

    स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कक्षा, स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण कार्यक्रमका लागि सैनिक अस्पताल इटहरीबाट डा. अधिकृत सहितको टोली मुढे व्यारेकमा आएका थिए । गणका अनुसार कार्यक्रमबाट ११३ जना लाभान्वित भएका छन् ।

    प्रकाशित मिति :चैत्र १९, २०८१ मंगलवार - २०:२२:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको