रास्वपाका सभापति रवि लामिछाने पक्राउ

रास्वपाका सभापति रवि लामिछाने पक्राउ

रोदिक खबर

२२, चैत्र २०८१
  • 2.7K
    SHARES
  • रास्वपाका सभापति रवि लामिछाने पक्राउ

    २२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।

    संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

    लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई भोलि बुटवल भैरहवा लगिने बुझिएको छ ।

    बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।

    प्रकाशित मिति :चैत्र २२, २०८१ शुक्रवार - २१:५७:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको