१०औं दिन पनि शिक्षकहरू सडकमा

१०औं दिन पनि शिक्षकहरू सडकमा

रोदिक खबर

२९, चैत्र २०८१
  • 3.1K
    SHARES
  • १०औं दिन पनि शिक्षकहरू सडकमा

    काठमाडौ २९ चैत्र । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिन पनि जारी छ ।

    माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक कब्जा गरेर उनीहरूले सरकारलाई माग पूरा गराउन दबाब दिइरहेका छन् ।

    बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बन्यो । जसका कारण उनीहरूले २० चैत्रदेखिको आन्दोलनलाई जारी राखेका हुन् ।

    Screenshot_20250411_153926_Chrome.jpgमहासंघले विगतमा भएको सहमति कार्यनयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न भनेको छ । उनीहरूले विशेष अधिवेशन वा बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन् ।

    ‘ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउँछौ भनेका छौं,’ महासंघकि सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’ उनका अनुसार दुवै पक्षले थप गृहकार्य गरेर अर्को वार्ताको मिति तय गर्ने छ ।

    प्रकाशित मिति :चैत्र २९, २०८१ शुक्रवार - १५:५३:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको