शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

रोदिक खबर

८, बैशाख २०८२
  • 3.3K
    SHARES
  • शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

    खोटाङ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

    उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

    अहिले मन्त्रिपरिषद् बैठक भर्खरै शुरू भएको छ। सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

    शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १८:४४:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको