ढुक्क हुनुहोस् यो पुल चाँडै सम्पन्न हुन्छ : मन्त्री राई

ढुक्क हुनुहोस् यो पुल चाँडै सम्पन्न हुन्छ : मन्त्री राई

रोदिक खबर

१७, जेठ २०८२
  • 5.6K
    SHARES
  • ढुक्क हुनुहोस् यो पुल चाँडै सम्पन्न हुन्छ : मन्त्री राई

    कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले अब खोटाङमा विकासले फड्को मार्ने बताएका छन् ।

    दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले आजसम्म जिल्लाका नागरिकलाई सबैले झुक्याएकाले अब त्यो छुट कसैलाई नभएको बताएका हुन् । ढुक्क हुनुहोस् यो पुल चाँडै सम्पन्न हुन्छ मन्त्री राईले भने जिल्लामा अब यस्ता पुल र सडकहरु धेरै बन्ने बन्नेछन् ।

    गत फागुनबाट दिखुवा खोलामा पुल निर्माणका लागि पहल सुरु गरेको उल्लेख गर्दै निर्माण स्थलको अध्ययन, डिजाइन र लागत अनुमान सकिएको र अब टेण्डर खुलाउन लागिएको मन्त्री राईले बताए ।

    स्टिल ट्रष्ट भने जडान गरेर निर्माण स्थलमा ल्याउन थालिसकिएकाले अबको ६/७ महिना भित्रका दिखुवा खोलामा पुल निर्माण सम्पन्न हुने मन्त्री राईको भनाइ छ ।

    FB_IMG_1748696695256.jpgदिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावत ठप्प हुने गरेको छ ।

    दिखुवा खोलामा मोटरेबल पुल निर्माण गरेर सडकको स्तरोन्नति गर्ने हो भने दिक्तेलबाट पूर्वी तराईका जिल्ला आवजावत गर्न छोटो र सहज स्थानीयको भनाइ छ ।

    प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा दिखुवा खोलामा (ट्रष्ट ब्रिज) मोटरेबल पुल बन्न लागेको हो ।

    पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको अनुमान छ । ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ ।

    उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले बताए ।

    शिलान्यासको दिन शनिबार नै केही स्टिल ट्रष्ट पुल निर्माण स्थलमा पुर्याइएको छ । बाकी क्रमश ल्याउने प्रमुख चौधरीको भनाइ छ ।

    पुल निर्माणका अन्य पिल्लर निर्माण र ढलानको काम पूर्वाधार विकास कार्यालय गाइघाटमार्फत हुनेछ । उक्त कामको लागि भने टेण्डर खुलाउन बाकी रहेको मन्त्रालयले जनाएको छ ।

    केही महिना भित्र टेण्डर फाइनल गरेर बाकी पुल निर्माणको काम सुरु हुने मन्त्रालका प्रदेश सचिव अशोक कुमार साहले बताए ।

    प्रकाशित मिति :जेठ १७, २०८२ शनिवार - १९:३८:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको