तीनचुलाको विधिगत पूजा गरी साकेला नाच्दै मनाइयो ‘तुवाचुङ डे’

तीनचुलाको विधिगत पूजा गरी साकेला नाच्दै मनाइयो ‘तुवाचुङ डे’

रोदिक खबर

१७, जेठ २०८२
  • 3.4K
    SHARES
  • तीनचुलाको विधिगत पूजा गरी साकेला नाच्दै  मनाइयो ‘तुवाचुङ डे’

    खोटाङ । किरात राई समुदायको उदगमथलो तुवाचुङ जायजुममा सभ्यताको श्रृष्टिकर्ताहरु तयामा, खियामा, रैछाकुले र तीनचुलाको विधिगत पूजा गरेर ‘तुवाचुङ डे’ अर्थात साकेला उभौली चाड भव्यरुपमा मनाईएको छ।

    IMG-20250531-WA0026.jpgहलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको सीमानामा अवस्थित तुवाचुङ जायजुममा शनिबार धामी नछुङबाट तीनचुलासहित तयामा, खियामा र रैछाकुलेको पूजा गरी साकेला सिली नाचेर तुवाचुङ डे मनाईएको हो ।

    बैशाखे पूर्णिमापछिको औसी र औसीको पञ्चमी तिथीमा तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा प्रत्येक वर्ष ‘तुवाचुङ डे’ अर्थात साकेला उभौली मनाईदै आएको छ।

    तुवाचुङ डे’मा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला प्रमुख अतिथिका रुपमा तुवाचुङ जायजुममा आएका थिए ।

    किरात राईको पूर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थल तुवाचुङ जायजुमलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र विकासका लागि गर्नुपर्ने सबै प्रयास गर्न आफू लागि पर्ने कोइरालाले प्रतिवद्धाता जनाए ।

    IMG-20250531-WA0023.jpgत्रिधार्मिकस्थल हलेसीभन्दा केही माथि रहेको तुवाचुङ जायजुममा नेपालसहित भारतको दार्जिलीङ र सिक्किमका राई समुदाय पूजाआजाका लागि आउने गरेको संरक्षण समितिका महासचिव दिनेश राईले बताए ।

    कांग्रेस वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेको ‘तुवाचुङ डे’को अवसरमा बृहत साकेला सिली प्रदर्शनीमा उदयपुरसहित खोटाङका विभिन्न स्थानबाट १३ टीमले सहभागिता जनाएका थिए ।

    IMG-20250531-WA0024.jpgसहभागी १३ टीमले ढोल र झ्याम्टाको तालमा गोलो घेरामा साकेला सिलीसहित साकेला गीत गाउँदै तुवाचुङ जायजुमडाँडा गुञ्जाएका छन्।

    तुवाचुङ जायाजुम संरक्षण समितिका अध्यक्ष सर्वधन राईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, रणभीम गण मुढेका गणपति केदार प्रसाद लामिछाने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक दीपेन्द्र थापा लगायतको उपस्थिति थियो।

    प्रकाशित मिति :जेठ १७, २०८२ शनिवार - २२:५४:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको