शुक्रवार, भाद्र २६ गते २०८३

लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक

लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक

रोदिक खबर

१८, जेठ २०८२
  • 4.1K
    SHARES
  • लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक

    खोटाङ । चर्चित गायक राजेश पायल राईले गाएको ‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ ।

    दुई वर्षअघि राईले गाएको गीतलाई पुःन पछिल्लो पुस्ताकी लोकप्रीय गायीका सुनिता थेगिमको स्वरमा सार्वजनिक गरिएको हो ।

    गीतको फिमेल भर्सनको भिडियो यूटुवमार्फत सार्वजनिक गरिएको छ । सो गीतलाई गायीका थेगिमले केही फरक शैलीमा गाएकी छन् ।

    गीतकार बिकास संगम राईले लेखेको तथा बिक्रम राईको संगीत रहेको गीतको भिडियोमा बिकास राई, चाहना मगर, चर्चित कलाकार श्याम राई र कबिता आले मगर लगायतको अभिनय रहेको छ ।

    सशक्त अभिनय र उत्कृष्ट निर्देशन रहेको भिडियो मकवानपुरको चित्लाङ्गमा छायाङ्कन गरिएको हो । पहिलो संस्करणमा सबैको मन मुटुमा बस्न सफल गीतको दोश्रो संस्करणले पनि सबैको मन जित्ने अपेक्षा गरिएको छ ।

    कथा निर्देशन कुशुम लत्ता राईको रहेको भिडियो रौरभ लामाले चिखेका हुन् । गीतको एरेञ्जर राजु कार्की छन् । संगीतकार राई दिवंगत भइसकेका छन् ।

    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - २०:२८:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको