शुक्रवार, भाद्र २६ गते २०८३

वडा कार्यालयद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण

वडा कार्यालयद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण

रोदिक खबर

२८, जेठ २०८२
  • 3.3K
    SHARES
  • वडा कार्यालयद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ ।

    आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रमनुसार वडा कार्यालयले विनियोजन गरेको दुई लाख बजेटबाट खरिद गरेर ल्याइएका फलफूलका विरुवा वडा कार्यालयले बुधबार साविकको वडा नम्बर ३ र ४ का कृषकहरूलाई वितरण गरेको हो ।

    फलफूल खेतीबाट कृषकलाई व्यावसायिक बनाउन र आर्थिक स्वरोजगार बनाउने उद्देश्यले कागती चार सय ५०, सुन्तला चार सय ५० र लिचीका दुई सय ४० वटा बिरुवा वितरण गरिएको कार्यपालिका सदस्य मिना कार्कीले जानकारी दिईन ।

    कृषकहरुलाई वडाध्यक्ष महेन्द्रबहादुर राई, कार्यपालिका सदस्य कार्की, वडा सदस्य खड्ग बहादुर राई, प्राविधिक निलम जोशी लगायतले फलफूलका बिरुवा वितरण गरेका थिए ।

    प्रकाशित मिति :जेठ २८, २०८२ बुधवार - ०९:११:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको