शुक्रवार, भाद्र २६ गते २०८३

हलेसीमा दुई दिने पर्यटन तथा आतिथ्यता व्यवस्थापन तालिम सम्पन्न

हलेसीमा दुई दिने पर्यटन तथा आतिथ्यता व्यवस्थापन तालिम सम्पन्न

रोदिक खबर

८, आषाढ २०८२
  • 3.9K
    SHARES
  • हलेसीमा दुई दिने पर्यटन तथा आतिथ्यता व्यवस्थापन तालिम सम्पन्न

    खोटाङ । पर्यटन प्रवद्र्धन र स्थानीय व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि खोटाङको हलेसीमा दुई दिने आतिथ्यता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन वोर्डको आर्थिक सहयोग तथा होटल व्यवसायी महासंघ नेपाल र होटल व्यवसायी महासंंघ काेशी प्रदेशको समन्वय एवम् होटल तथा पर्यटन व्यवसायी संघ खोटाङको आयोजनामा भएको दुई दिने आतिथ्यता व्यवस्थापन सम्बन्धी तालिम आइतवार सम्पन्न भएको हो ।

    ग्राहकलाई गर्ने व्यवहारमा सुधार  ल्याउने  उद्देश्यले होटल तथा पर्यटन व्यवसायीहरुका लागि हलेसीस्थित भिलेज होटलको सभा हलमा भएको तालिममा ४० जना व्यवसायीहरु सहभागी रहेको होटल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राइले जानकारी दिए ।

    h1.jpgहलेसी तुवाचुङ नगरपालिकाको हलेसी तथा दिक्तेल रुपाकोट नगरपालिकाको दिक्तेलबजारमा होटल व्यवसाय सञ्चालन गर्दै आएका होटल तथा रेष्टुरेन्ट सञ्चालक र व्यवस्थापकहरुलाई तालिम दिइएको हो ।

    पछिल्लो समय खोटाङको हलेसी लगायतका पर्यटकीय क्षेत्रहरुमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढिरहेका बेला होटल सञ्चालक तथा कर्मचारीहरुले ग्राहकप्रति गर्नुपर्ने व्यवहारको विषयमा दुई दिनसम्म तालिम सञ्चालन गरिएको अध्यक्ष राईको भनाइछ ।

    हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले शनिवार उद्घाटन गरेको तालिमको सहजीकारण विकेश श्रेष्ठले गरेको आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - १७:४६:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको