शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङको बजेट ८० करोड १८ लाख ८१ हजार, खानेपानी, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

हलेसी तुवाचुङको बजेट ८० करोड १८ लाख ८१ हजार, खानेपानी, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

रोदिक खबर

९, आषाढ २०८२
  • 1.9K
    SHARES
  • हलेसी तुवाचुङको बजेट ८० करोड १८ लाख ८१ हजार, खानेपानी, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । होलेसुङ रिसोर्ट दुर्छिममा सोमबार सम्पन्न भएको १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

    नगरपालिकामा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट ११ करोड २९ लाख १८ हजार ७१९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट एक करोड छ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट ९९ लाख ९२ हजार बजेट प्राप्त भएको छ ।

    नगरपालिकाको आन्तरिक स्रोतबाट एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट दश लाख बजेट आउने अनुमान गरिएको उपप्रमुख राउतले सभामा जानकारी दिए ।

    सङ्घीय सरकार सशर्त अनुदानबाट ३४ करोड ७६ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट ६९ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट एक करोड ४० लाख, प्रदेश सरकार सशर्त अनुदानबाट एक करोड ५१ लाख ७९ हजार र सामाजिक सुरक्षा तथा संरक्षणबाट १५ करोड बजेट प्राप्त हुने जनाइएको छ ।

    नगरसभाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ ४६ करोड १५ लाख २९ हजार, पूजीगततर्फ १९ करोड तीन लाख ५२ हजार ७१९ र सामाजिक सुरक्षातर्फ १५ करोड बजेट विनियोजन गरेको छ ।

    नगरपालिकाले भौतिक पूर्वाधार बाहेक खानेपानी, पर्यटन र पूर्वाधारमा मात्रै छ करोड ४७ लाख ९४ हजार ११९ बजेट विनियोजन गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । नगरसभामा नगरप्रमुख राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - २१:५०:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको