शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा एक अर्ब दुई करोड ९८ लाख ३४ हजार बजेट प्रस्तुत

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा एक अर्ब दुई करोड ९८ लाख ३४ हजार बजेट प्रस्तुत

रोदिक खबर

९, आषाढ २०८२
  • 1.9K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा  एक अर्ब दुई करोड ९८ लाख ३४ हजार बजेट प्रस्तुत

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्रमुख विशन राईले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    नगरपालिकाबाट आन्तरिक आय दुई करोड २० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकार अनुदानबाट ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान आठ करोड ६८ लाख ४२ हजार र अल्या सात करोड ९० लाख एक हजार ७१२ स्रोत जुटेको उपप्रमुख राईले नगरसभामा जानकारी दिए ।

    नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउँने जस्ता कुरालाई बजेटमा प्रथामिकता दिएको छ ।

    व्यवसायिक कफी खेती प्रवद्र्धन गर्न एक करोड, स्थानीय उत्पादनको बजारीकरण गर्न १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै बैकल्पिक बाली प्रवद्र्धनमा ३० लाख, प्राङ्गरिक खेती प्रवद्र्धन गर्न दश लाख, बङ्गुर र बाख्रा प्रवद्र्धनमा १८ लाख, कृषि तथा पशुपञ्क्षी विकास कार्यक्रम अन्तरगत तीन करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

    रोजगारी तथा लघु उद्यम, पर्यटन पूर्वाधार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, भाष, संस्कार, संस्कृति प्रवद्र्धन तथा संरक्षण, पूर्वाधार, वन तथा वातावरण, विपद् व्यवस्थापन, सरसफाइ, सामाजिक सुरक्षा, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख राईले बताए । नगरसभामा नगरप्रमुख तीर्थराज भट्टराई भट्टराईले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

     

    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - २२:०८:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको