दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई वडाध्यक्षले गरे नगरसभा बहिष्कार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई वडाध्यक्षले गरे नगरसभा बहिष्कार

रोदिक खबर

९, आषाढ २०८२
  • 5.0K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई वडाध्यक्षले गरे नगरसभा बहिष्कार

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई वडाध्यक्षले नगरसभा बहिष्कार गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई र वडा नं.–८  बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले नगरसभा बहिष्कार गरेका हुन् ।

    नेतृत्वले आफूखुशी आफ्नो क्षेत्रमा मात्र बजेट लगाएको भन्दै दिक्तेलका वडाध्यक्ष राईले र जनताको माग र इच्छा बमोजिम बजेट नआएको भन्दै बुवालुङका वडाध्यक्ष चौहानले सोमबार आयोजित नगरसभा बहिष्कार गरेको जनाइएको छ ।

    वडाध्यक्ष राई नेपाली काँग्रेस र वडाध्यक्ष चौहान नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित वडाध्यक्ष हुन् ।

    नगरप्रमुख तीर्थराज भट्टराई नेपाली काँग्रेसबाट र उपप्रमुख राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित भएका हुन् ।

    नगरप्रमुख भट्टराई र उपप्रमुख राईले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डीमा मात्र भएको नगरसभा बहिष्कार गर्ने वडाध्यक्षहरुले बताएका छन् ।

    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - २२:४६:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको