खोटेहाङ गाउँपालिकाको वार्षिक बजेट ५५ करोड ४८ लाख ९९ हजार

खोटेहाङ गाउँपालिकाको वार्षिक बजेट ५५ करोड ४८ लाख ९९ हजार

रोदिक खबर

१०, आषाढ २०८२
  • 2.8K
    SHARES
  • खोटेहाङ गाउँपालिकाको वार्षिक बजेट  ५५ करोड ४८ लाख ९९ हजार

    खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५५ करोड ४८ लाख ९९ हजार ८१९ बराबरको वार्षिक बजेट पारित गरेको छ ।

    गाउँपालिकाको कार्यालय खोटाङबजारमा मंगलवार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख रुपेश राईले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    गाउँसभाबाट स्वीकृत बजेटले आर्थिक विकास, सुशासन तथा संस्थागत विकास, वन वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार विकास र सामाजिक विकासलाई प्राथमिकता दिएको जनाइएको छ ।

    गाउँसभामा गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमसमेत पारित भएको जनाइएको छ ।

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - २२:४९:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको