बराहपोखरी गाउँपालिकाले ल्यायो ३८ करोड ४० लाख ५६ हजार वार्षिक बजेट

बराहपोखरी गाउँपालिकाले ल्यायो ३८ करोड ४० लाख ५६ हजार वार्षिक बजेट

रोदिक खबर

१०, आषाढ २०८२
  • 1.8K
    SHARES
  • बराहपोखरी गाउँपालिकाले ल्यायो  ३८ करोड ४० लाख ५६ हजार वार्षिक बजेट

    खोटाङ । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ करोड ४० लाख ५६ हजार ७७० बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल धर्तुङमा मंगलवार सम्पन्न १७ औँ गाउँसभामा उपप्रमुख भुवलराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गरेका हुन् ।

    गाउँपालिकालाई आगामी आर्थिक वर्षमा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट सात करोड ३७ लाख ९८ हजार १३३, प्रदेश सरकारबाट ५० लाख १९ हजार र सङ्घीय सरकार समानीकरण अनुदानबाट रु सात करोड ९५ लाख बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिए ।

    यस्तै, प्रदेश सरकारबाट ६७ लाख ६१ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ एक करोड ४० लाख र प्रदेश सरकारबाट एक करोड ६० लाख बजेट प्राप्त हुने गाउँसभामा जानकारी दिइएको छ ।

    सङ्घीय सरकार सशर्त अनुदानबाट १५ करोड ८५ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २१ लाख ४७ हजार, आन्तरिक राजश्वबाट २१ लाख, स्थानीय राजश्व बाँडफाँड एक लाख, बैङ्क मौज्दात एक करोड ८८ लाख ३१ हजार ६२७ बजेट गाउँपालिकामा आउने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिका उपप्रमुख राईले प्रस्तुत गरेको आर्थिक विद्येयक तथा बजेट गाउँसभाले पारित गरेको गाउँपालिकाका सूचना अधिकारी रमेशकुमार पोखरेलले जानकारी दिए ।

    गाउँसभामा गाउँपालिका प्रमुख सालिकराम बञ्जाराले आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    बजेट कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउन आगामी आर्थिक वर्षबाट कार्य सम्पादन सम्झौता गरिने गाउँपालिका प्रमुख बञ्जाराले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - २३:०५:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको