शुक्रवार, भाद्र २६ गते २०८३

रावाबेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता

रावाबेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता

रोदिक खबर

१०, आषाढ २०८२
  • 2.8K
    SHARES
  • रावाबेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता

    खोटाङ । रावाबेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता दिएर आगामि आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएको छ ।

    असार १० गते गाउँपालिकामा सम्पन्न १७ औँ गाउँ सभामा भौतिक विकास र कृषिलाई प्राथमिकतामा राखेर ३८ करोड ५६ लाख ५६ हजार ८ सय ४३ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो ।

    गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले नीति तथा कार्यक्रम र उपाध्यक्ष कौशिला कुमारी गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

    संघीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट विजुले लेकखर्क दुवेकोल ऐसेलुखर्क सडकको लागि १ करोड ७५ लाख, प्रदेश सरकारसँगको समपुरक अनुदानबाट नुनथला हरमटार कुभिण्डे जौवारी सडक स्तरोन्नतिको लागि १ करोड २५ लाख र वडा नम्बर १,३ र ५ को तला थप्नको लागि ७५ हजार बजेट विनियोजन गरिएको बताइएको छ ।

    संघीय सरकार विशेष अनुदानबाट वृहत कृषि व्यवसाय प्रवद्र्धदन कार्यक्रमको लागि १ करोड ३० लाख बजेट विनियोजन भएको छ । रावाबेसी गाउँपालिकालाई लिची हवकोरुपमा विकास गर्ने लागयतका कृषि कार्यक्रमहरु समेटिने बताइएको छ ।

    वडागत पूँजीगत योजनाहरुका लागि २ करोड २ लाख, निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवनको लागि गाउँपालिकाकोतर्फबाट ५० लाख बजेट विनियोजन भएको छ ।

    आर्थिक विकासको लागि १ करोड ८६ लाख ७९ हजार, सामाजिक विकासका लागि १९ करोड ११ लाख ८३ हजार ८ सय ४३ रुपैयाँ रकम विनियोजन भएको छ ।

    विद्यार्थीको क्षमता अभिवृद्धिको लागि विद्यालयहरुमा खेलकुल र संगीत शिक्षकहरुको व्यवस्था गर्ने, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने गाउँपालिकाले नयाँ नीति लिएको छ । गाउँपालिकाको समग्र पूर्वाधार विकासको लागि ९ करोड ९ लाख ८२ हजार बजेट विनियोजन भएको छ ।

    वातावरण तथा विपद व्यवस्थापनको लागि ३० लाख, सुशासन तथा संस्थागत विकासको क्षेत्रमा १८ लाख बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताए ।

    गाउँपालिमा सञ्चालित एकल पुरुष एवं एकल महिला भत्ता लगायत शिक्षा क्षेत्रका कार्यक्रमहरुलाई निरन्तरता दिएको गाउँपालिकाले बेरोजगार युवाहरुलाई रोजगारीको सृजना गर्ने, फुसको छानो विस्तापित गर्ने लगायतका नयाँ नीति गाउँपालिकाले प्रस्तुत गरेको छ ।

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - २३:१९:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको