जन्तेढुङ्गा गाउँपालिकाको बजेट ४४ करोड ३७ लाख ३४ हजार

जन्तेढुङ्गा गाउँपालिकाको बजेट ४४ करोड ३७ लाख ३४ हजार

रोदिक खबर

११, आषाढ २०८२
  • 2.4K
    SHARES
  • जन्तेढुङ्गा गाउँपालिकाको बजेट ४४ करोड ३७ लाख ३४ हजार

    खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८२०/८३ को लागि रु ४४ करोड ३७ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्का थिंए । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले सबैभन्दा बढी शिक्षामा  तीन करोड ४२ लाख १३ हजार बजेट विनियोजन गरेको छ ।

    यस्तै, वडागततर्फ  दुई करोड ५० लाख, स्वास्थ्यतर्फ  ८० लाख ९१ हजार, कृषितर्फ ४६ लाख ३० हजार र पशु विकासतर्फ  ३५ लाख ८५ हजार बजेट विनियोजन गरेको छ ।

    चालु खर्चतर्फ २८ करोड २० लाख ५० हजार, पुँजीगततर्फ  १६ करोड १६ लाख ८४ हजार, सङ्घीय अनुदानतर्फ दुई करोड २९ लाख, सङ्घीय समपुरक अनुदानतर्फ एक करोड ४० लाख प्राप्त भएको जनाइएको छ ।

    प्रदेश समपुरकतर्फ एक करोड २५ लाख, सङ्घीय सशर्त अनुदानतर्फ१९ करोड ४४ लाख र प्रदेश सर्शत अनुदानतर्फ ८० लाख २५ हजार प्राप्त भएको उपप्रमुख खड्काले जानकारी दिए ।

    दुई दिनसम्म चलेको गाउँसभामा सोमबार गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थो गाउँपालिकाको आयआर्जन र रोजगारी सृजना हुने मुख्य कृषि र पशुपालन भएको भन्दै निर्वाहमुखीबाट व्यवसायीकरणतर्फ उन्मुख गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइएको जनाइएको छ ।य

    प्रकाशित मिति :आषाढ ११, २०८२ बुधवार - ००:०२:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको